माई नगरपालिकामा काभ्रेबाट आएका ३० जना बढीको स्वास्थ्य परीक्षण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ रोचक स्वास्थ्य/शिक्षा

इलाम : काभ्रेपलान्चोकमा रोजगारी गएका ३० जना बढी इलाम आइपुगेका छन् । काभ्रेपलान्चोक जिल्लाको खानीखोला वडा नम्बर १ दयागाँउमा बिद्युत आयोजनाको काम गर्न गएका उनीहरु इलाम आइपुगेका हुन । इलामको माई नगरपालिका आइपुगेका उनीहरुलाई माई नगरपालिकाको क्वारेन्टाइनमा राखेर आर डि टी टेष्ट गरि घर पुर्याइएको छ । आउनेहरुमा माई नगरपालिकाका २८ जना, इलाम नगरपालिकाका १ जना र सन्दकपुर गाँउपालिकाका १ जना रहेका छन ।
उनीहरुलाई माई नगरपालिका, लोदिया प्रहरी चौकी र शसस्त्र प्रहरी वेस क्याम्प दानाबारीको समन्वयमा उद्वार गरी माई नगरपालिकाको क्वारेनटाइनमा ल्याइएको स्वास्थ्य शाखाका पुस्कर कट्टेलले बताए । आउने मध्ये सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका एक÷एक जनालाई माई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।
उनिहरुको अहिले स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि कोरोना पोजेटिभ देखिएन । पैदल हिडेका उनीहरुलाई कोशी ब्यारेजमा प्रहरीले नियन्त्रणमा लिएको र त्यसपछि समन्वय गरी झापा दुर्गापुरसम्म ल्याइएको थियो । दुर्गापुरबाट माई नगरपालिकाले बसको व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published.