इलामका जनप्रतिनिधिलाई सन्तोष गौतमको खुल्ला पत्र !

Breaking News Hot News Mukya Samachar Special News घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन रोचक विचार स्वास्थ्य/शिक्षा


आफनो घर आउन किन नपाउने ?

सन्तोष गौतम:

इलाम जिल्लाका सम्पूर्ण स्थानीय तह, जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय, पार्टी प्रतिनिधिहरु, विद्यार्थी नेता, सुरक्षा निकाय, संचारकर्मी लगायत सरोकारवाला सम्पूर्णमा नमस्कार । प्रथमतः यहाँहरु सम्पूर्ण शारिरीक तथा मानसिक तबरले सञ्चै हुनुहुन्छ भन्ने थाहा छ किनकि हजुरहरु दिनरात साबुन पानिले हात धोएर स्यानिटाईजर प्रयोग गरेर आफ्नै परिवारसँग निजी निवासको क्वारेन्टिनमा बसिरहनु भएको छ ।
कोरोना भाईरसको महामारीबाट सम्पूर्ण विश्व अनिश्चित गन्तव्यतिर लम्किरहेको विषम परिस्थितिमा विभिन्न मुलुकहरुले आफ्ना नागरिकाहरुको सुरक्षा र उद्धारका लागि हरतरहका प्रयासहरु गरिरहेको कुरा सर्वविदितै छ । नेपालको सन्दर्भमा पनि प्रयासहरु भइरहेको र नागरिक स्तरबाट समर्थन र सहयोग प्राप्त भइरहेको बर्तमान परिस्थितिमा देशका विभिन्न स्थानीय निकायहरुले देशभित्र रोजगारि, पठनपाठन लगायत कामका शिलसिलामा अलपत्र आफ्ना नागरिहरुलाई उद्धार तथा सहयोग गरि घरसम्म पुग्ने वातावरण निर्माण गरिरहेको कुराबाट जानकार हुनुन्न भन्ने अपेक्षा म लगायतले राखेका छैनौँ ।
हरेक हिसाबले सचेत इलामे जनताका प्रतिनिधि तपाँइहरु केहि समय अगाडिसम्म आफ्ना अलपत्र नागरिहरुको तथ्याङ्क सङ्कलन गरेर घरसम्म पठाउने वातावरण मिलाउँदै छाँै भनेर समाचार दिन व्यस्त देखिनु हुन्थ्यो फेरि एकाएक तपाइँहरु सम्मिलित बैठकले तत्काल जो जहाँ हुनुहुन्छ त्यहिँ बस्नुहोला भनेर परमादेश जारि गर्न भ्याइ सक्नुभएछ । वाह !!! सम्बोधित ज्यूहरु सलाम छ तपाइँहरुको यो ऐतिहाँसिक निर्णय र चरित्रलाई । एक सचेत र विवेकशिल इलामे नागरिकको हैसियतबाट तपशिलका केहि प्रश्न गर्न चाहन्छु ।

१ हिजो चुनावका बेला सहज तवरले आफ्नो पेशा, व्यवसाय, अध्ययन गरिरहेका नागरिकको दैनिकिलाई बेवास्ता गर्दै ललाईफकाई चुनाबक्षेत्रसक्म लैजान सक्ने तपाइका गाडि र तपाइका ती भावनाहरु आजको बाध्यात्मक परिस्थितिमा आफ्ना परिवारसँग भेट्न नपाएर तड्पिएका नागरिकलाई उद्धार गर्न तयार नरहनुको कारण के हो ?
२ नाजुक बर्तमान परिस्थितिमा आफ्नो परिवारबाट टाढा रहेका सदस्यहरुको बन्दि जीवनका कारण मानसिक तनावको सिकार भइरहेका नगरबासिहरुलाई केहि पोका दाल र चामलको राहत त दिनुहोला तर तनाबमुक्तm भएर जिवनयापन गर्ने राहतको प्याकेज छ तपाइसँग ?
३ हामिलाई थाहा छ तपाईहरु लामो संघर्स, त्याग, तपस्या,अध्ययन र भोगाईबाट आज त्यहाँ बिराजमान हुनुहुन्छ साथै आफ्नो क्षेत्रको विकास र नागरिकको सुरक्षा गर्नेसम्मको सपथ लिएर आउनुभएको छ तर आज आफैलाइ सहयोग गरेर त्यहाँसम्म पुर्याउने नागरिकले घर आउने वातावरण मिलाईदेउ भनेर चिच्याइरहँदा तिनैलाइ निषेधाज्ञा जारि गर्ने प्रेरणा, शाहस र नैतिकता कहाँबाट प्राप्त गर्नुभयो ?
४ एक प्रश्न गाऊँ तथा नगरबासी, अलपत्र नागरिकका छरछिमेकि र बौद्धिक भएर पनि मानवियता गुमाउन पुग्नुभएका महापुरुषहरुप्रति ः– सुनिन्छ आज अलपत्र परेर देशका विभिन्न कुनामा छट्पटाईरहेकालाई गाउँ÷नगरमा प्रवेश गर्न दिने हो भने संक्रमण फैलन सक्छ त्यसैले प्रवेशमा रोक लगाउनुपर्छ भनेर तपाइँहरु कानेखुसि गर्दै हिड्नुहुन्छरे, कृपया एक पटक विवेकशिल बनेर चिन्तन गर्नुहोश त आज आफ्नो परिवारको दुई छाक टार्न धादिङ, नुवाकोट,सिन्धुपाल्चोक, गोरखा,दोलखा लगायतका जिल्लाहरुमा मजदुरी गरीरहँदा अलपत्र परेका ती सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनिहरु हिजो सहज परिस्थितिमा तपाइँ हाम्रै घरआँगनमा मेलापात, अर्मपर्म, गर्न सघाउने नागरिक हुन कि हैनन ? आज सम्पूर्ण कुरा बिर्सिएर जो जहाँ छन् त्यहिँ बसुन, मरुन या बाचुन, तत्काल छेउछाउ चै नपरुन भनेर मन्त्रजाप गर्दै हिड्नु तपाइको अहँकारले भरिएको दरिद्र अभिब्यतिm हो कि हैन रु सुचना र सञ्चारको आजको युगमा ती सम्पूर्णलाइ थाहा छ कि उनिहरु घर फर्कँदा कहिँकतै संक्रमण हुनसक्छ त्यसैले घर आइसकेर केहि समय एक्लै बस्नुपर्छ भन्नेकुरा किनकि उनिहरुलाई तपाइको स्वास्थ्यप्रति चिन्ता तेतिनै छ जतिबेला तपाइँ विरामी हुँदा अस्पतालसम्म पुर्याउन काँध हाल्न पुग्ने गर्थे । आज विगतका सम्पूर्ण कुरालाई बिर्सिएर आफू र आफ्नो परिवारमात्र खाऔँ, बाँचौ र हाँसौ जस्तो गरि प्रस्तुत भइरहँदा के तपाइँको अन्तरमन आनन्दित भइरहेको छ र ?
५ अन्त्यमा एक प्रश्न जिल्लामा क्रियाशिल पार्टि नेतृत्व र विद्यार्थी नेता ज्यूहरुलाई, तपाइलाई थाहा छ तपाइका कार्यकर्ता, सुभेक्छुक र समर्थकहरु यतिबेला आफ्नो रोजगार गुमाएर, हेपिएर, दबिएर, हातमुख जोड्न धौधौ परेर साथै परिवारका अन्य सदस्यहरुको चिन्ताले पिल्सिएर देशका विभिन्न कुनाहरुमा कुन अवस्थाबाट गुज्रिरहनुभएको छ रु त्यसैगरि विद्यार्थी हकहितका गतिला र आङै सिरिङ्ग पारेर जुरुक जुरुक उचाल्न सक्ने नारा लगाउन सक्षम विद्यार्थी नेतृत्वहरु आज उच्च शिक्षाको शिलशिलामा जिल्ला बाहिर रहनुभएका विद्यार्थीहरुको रोदन,पिडा र समस्याका विषयमा बेखवर त पक्कै हुनुहुन्न होला कि सहज परिस्थितिमा मात्र हो यहाँहरुले आफ्ना समर्थक सम्झने ?
अन्त्यमा माथि उल्लेखित प्रश्नले कसैको मान मर्यादामा असर पर्न गएमा क्षमा चाहन्छु । तर आज इलामजस्तो एक सचेत समाजले आफ्ना सदस्यहरुको सुरक्षित अवतरण गराउन भन्दा असहज परिस्थतिमा छिः छिः र दुर दुर गरिरहेको देख्दा हामीलाई असाध्यै स्तब्ध बनाइरहेको छ त्यसैले भोलिका दिनमा हुनसक्ने सामाजिक दुर्घटनालाइ मध्यनजर गरि चाँडोभन्दा चाँडो गलत निर्णयलाई सच्च्याएर आफ्ना नागरिकहरुको उद्धारमा जुट्नुहुन्छ भन्ने आशा सहित तपाइका जिल्ला बाहिर रहेका नागरिकहरु सञ्चै नरहेको जानकारी गराउँदै यस पत्रलाइ अन्त्य गर्न चाहन्छु । धन्यबाद ।

सन्तोष गौतम
देउमाई नगरपालिका —६, इलाम

Leave a Reply

Your email address will not be published.