नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपीए , संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपीए , संक्रमितको संख्या ६९ पुग्यो

इलाम : बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिएका हुन् ।