बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, पाँच सय बढी घाईते

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. २ समाचार

इलाम: आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा मात्र ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० बढी घाइते भएका छन् ।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारी हरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।रगत अभाव भए पछि सरकारले रगत दान गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा कुनै कसर वाँकी नराख्न आग्रह गर्नु भएको छ । तराईमा उद्दारको कार्य जारी छ । मर्नेको संख्या बढन सक्ने जनाईएको छ । प्रदेश सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.