मापसेपछि अब लापसे जाँच

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. २ समाचार

बैशाख : मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।

अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच ।

प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पालले वताए ।

पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे९नगरेको जाँच गरिएको छ ।
बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए ।

उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ ।

अनलाइन खवरबाट

Leave a Reply

Your email address will not be published.