‘गुनासो सुन्न् घरदैलोमै सूर्योदय नगर प्रमुख’

Breaking News Hot News Mukya Samachar Special News Trending गण्डकी प्रदेश समाचार समाज

फिक्कल: जनताको गुनासो जिज्ञासा र सुझाव सुन्नको लागि सूर्योदय नगरपालिकाकाले वडा वडामा गुनासो चौतारी कार्यक्रम अगाडी बढाएको छ । गत बर्षबाट सुरु गरिएको कार्यक्रमलाई नगरले यस बर्ष पनि निरन्तरता दिएको हो ।

नगरले वडा नं ११ बाट यस बर्षको कार्यक्रमलाई सुरुवात गरेको जनाएको छ । कार्यक्रमका सहभागीहरुले वडामा बजेट विनियोजनमा असमानता, वडा कार्यालय पुग्न असहजता, डेरी मिल लगायतका क्षेत्रमा करको दर बढी भएको लगायतका गुनासाहरु राखेका थिए । साथै अलवेदर सडक, बुहारी शिक्षा , एकल महिलालाई स्वास्थ्य बिमा , किसानलाई अनुदानमा गाई बितरण जेष्ठ नागरीक देश दर्शन लगायतका कार्यक्रमहरु निक्कै सकरात्मक भएको भन्दै उक्त कार्य अझ परिमार्जन समय सापेक्ष बनाउदै जारी राख्न आग्रह गरे ।
सहभागीले काठको पोल हटाउन , करलाई अझ समायोजन गर्न , सबै क्षेत्रमा सम्मान विकास गर्न , सिचाई खानेपानी , सञ्चार , बाटो लगायतका विकासका पुर्वधारहरु वडाको सबै क्षेत्रमा समान रुपमा पुराउन सुझाव दिएका थिए । गुनासो चौतारीमा उठेका सवालहरुको जवाफ दिँदै नगरप्रमुख राईले सूर्योदय नगरपालिका आलोचनाबाट कहिल्यै नडराउने बरु यसबाट पाठ सिकेर अगाडी बढने बताए उनले धेरै गुनासोहरु आउँदा उति नै कार्यक्रम फलदायी हुने भएकोले निर्धक्क भएर आफना गुनासा सुझाव र जिज्ञासा राख्न आग्रह गरे ।
उनले आएका सुझावलाई मध्यनजर गर्दै नगर अगाडी बढने प्रतिबद्धता जनाए । नगरको विकासको मुख्य आधार जनता भएको र नगरको सबै क्षेत्रमा विकासका पुर्वधारहरु पु¥याउन आफनो टिम सधै लागिरहने भएकोले सबै पक्षबाट खबरदारी सुझाव गुनासा जिज्ञासा राख्दै साथको अपेक्षा रहेको बताए । कार्यक्रममा लेखनाथ भटटराई,लता गौतम अधिकारी, हर्क बहादुर राई ,खेम राज भटटराई ,सोनाम छिरिङ काजी ,गोपाल भटटराई ,माधव आचार्य,टिष्टा राई ,बिनु राई , भक्ति प्रसाद भटटराई ,डोर प्रसाद ढुङगाना, मदन राई ,बाबुराम राई ,सुष्मा राई ,डिल्ली आचार्य , लगायतले बिभिन्न जिज्ञासा गुनासाहरु राखेका थिए ।
वडा नम्बर ११ का अध्यक्ष टेक बहादुर राईले वडाको विकासमा निष्पक्ष काम गरेको बताउँदै जनताको चाहाना र आवश्यक्ता अनुसार आफु अगाडी बढने प्रष्ट पारे । कार्यक्रममा अटो रिक्सालाई अझ ब्यवस्थीत गरेर सञ्चालनको वातावरण मिलाउनु पर्ने वडामा जनप्रतिनिधिहरुको उपस्थीति हुनुपर्ने दुर्गम क्षेत्रको विकासमा बढि प्राथामिक्ता दिनु पर्ने जनताको गुनासो सहि समयमा सम्बोधन गर्नु पर्ने लगायतका सुझाव वडाबासीले दिएका थिए ।
शिक्षा शाखा प्रमुख रुद्र नारायण सापकोटाले शिक्षा क्षेत्रमा आएका समस्या समाधान गर्दै नगर अगाडी बढिरहेको बताए । शिक्षा क्षेत्रमा आएका समस्या समाधान गर्न नगर शिक्षा शाखा कटिबद्ध रहेको उनको भनाई थियो । आज वडा नं १२ मा कार्यक्रम संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published.