सडकको स्तर उन्नती

समाज
रोङ: हरकटे तारगाउ जिर्मले सडकको तारगाउ खण्डमा स्तरउन्नती थालिएको छ । २०३५ सालबाट निमार्ण  थालिएको  हरकटे जिर्मले सलकपूर निन्दा काकडभिट्टा सडकमा सुयोदयन गरपालिका  ६ तारगाउमा सांसद बिकास कोषको १५ लाख र जनसहभागिता ३ लाख गरि १८ लाखको लागतमा हरकटेको भालुगैराबाट तारगाउको गोलाइसम्म संचालित सडकलाइ ७ मिटर चौडाइ र कच्चि नाली सहितको बनाउन थालिएको सुनपा ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले बताए ।
  केही बर्ष अधिनै सडक बिस्तारको लागि सुनपा खण्डमा  रोङ गाउपालिकाको सिमाना रातमाटे सम्म ५ दशमलव ८ किलोमिटरबाटो डि. पि आर समेत गरिएकोले यसबर्ष ३ हजार ६ सय मिटर सडकको बिस्तार गरिएको हो । सडक बिस्तारको क्रममा अति जोखिम र संबेदन शिल मानिएको गोलाइमा नया ट्रयाक खेलिएको छ । नया ट्रयाक खोलिदा जोखिम र संबेदन शिल क्षेत्र परिवर्तन हुदै टोल समेटिएर साबिक भन्दा १ सय १२ मिटर छोटो र सजिलो सडक बनेको तारगाउका कृष्ण पौडेलले बताए । न्युन क्षतिमा फराकिलो बाटो बनेकोले जनजिवन सहज हुने स्थानिय बासीह?ले अपेक्षा गरेका छन् तर बर्षादको समय शु? भइसकेकोले सडकमा नाली र ठाउठाउमा ग्राभेल बिछ्याउन सके बाटो   सजिलो र प्रभावकारी हुने रोङ ६ का युवराज आर्चयको भनाइ रहेको छ ।       
           

Leave a Reply

Your email address will not be published.