बुद्ध जयान्तीमा संस्कृतिक कार्यक्रम

समाज


गोपाल अधिकारी ,सूनपा :
इसापूर्व ५६३ मा नेपालको लुम्बीनीमा आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिनमा जन्मनुभएको सिद्धाथ गौतम भगावन बुद्धको जन्म जयान्तीलाई देशभर भव्यताका साथ विभिद कार्यक्रमहरु संचालन गरि मनाइदै आइएको छ ।
त्यस्तै इलामको सुर्योदय नगरपालिका वडा नं.–०८ स्थित बैद्ध गुम्बामा बुद्ध शान्ती संस्कृतिक मण्डली द्वारा संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

असेस पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्र्रदेश सभा सदस्य काजिमान कागते को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ड्रम्र्स वर्कस एकाडेमी दिप ज्योती कम्प्यूटर एण्ड ल्याङ्गेवेज सेन्टर साथै आयोजक समितिको तर्फवाट र्दजनै नित्य तथा गायन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्कृतिक कार्यक्रम सगैं चिठ्ठा कार्यक्रम गरिएको थियो । पहिलो पुरस्कार सूर्योदय नगरपालिका वडा नं. ८ निवासी विरज यल्मुले डिजे बक्स ,दोश्रो पुरस्कार सूर्योदय नगरपालिका वडा नं. ८ सिद्धी गाउका लोक वहादुर प्रधानले गिटार र तोश्रो पुरस्कार सूर्योदय नगरपालिका वडा नं. ७ की सजिता सापकोटाले मादल पाएकी थिइन ।
कार्यक्रमको उत्घाटन भगवन बुद्धकोे पुजा अर्चना गरेर सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका सचिव नविन श्रष्ठले राखेका थिए भने कार्यक्रको संचालन लाक्पा दोर्जे कागतेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.