रोङको बरफल्याङ्गमा दलित सामुदायिक भवन बन्दै

समाज

गोबिन्द पौडेल ,रोङ :

रोङ २ को बरफल्याङ्गमा दलित सामुदायिक भवन निमार्णकार्यले तिब्रता पाएको छ ।
दलित हरुको सामाजिक आर्थिक बिकासको लागि स्वतन्त्र दलित समाजको स्थापना गरि क्रियाशिल रहेका उनिहरुको लागि २४ लाख ८४ हजार ४ सय १९ रुपैया २३ पैसाको लागतमा एकतले बैठक कक्षसहितको सुबिधा सम्पन्न भवन निमार्ण गर्न लागिएको हो ।

भवन निमार्णको लागि प्रदेश नं १ बाट २० लाख र जनश्रमदानबाट ४ लाख ८४ हजार ४ सय १९ रुपैया २३ पैसा लगानी गरिने भएको छ । निमार्ण गर्न २०७५ बैबाख ३ गते संझौता भएर २०७६ जेट ६ गते सम्पन्न गरिने भनिएको भएपनि निमार्णको गतिलाइ हेर्दा यो बर्ष नसकिने अवस्था रहेको छ ।

भवन निमार्णको लागि डिल्लीराम बिश्ह्वकमर्माको अध्यक्षतामा देबेन्द्र कुमार शिवा सचिव ,सितादेबी सुनुवार दर्जी कोषध्यक्ष,निरमाया बिश्वकर्मा,बालकुमारी लकान्द्री,टिका माया सिन्च्युरी ,मोतिलाल लकान्द्री ,संजिब काकी बिश्वकर्मार चन्द्रबशादुर बराइली सदस्य रहेको निमार्ण समिति क्रियाशिल रहेको छ । रोङ २ को सो क्षेत्रमा करिव ८५ घर दलित रहेको सो स्थानमा भवन बनाउन उनिहरुले यस अघिनै आर्थिक संकलन गरि १ लाख ७५ हजारमा आधा रोपनी जग्गा खरिद गरेको सचिवज देबेन्द्र सिवाले बताए ।
यसैबिच रोङ २ को दलितको क्षमता बिस्तार गर्न गाउपालिको ५० हजारको सहयोगमा बालबालिकाहरुको लागि आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ , स्थानिय बिष्णु आधारभुत बिद्यालयका १५ जना र शशि मा. बिमा अध्ययनरत ७ जना बालबालिकाहरुलाइ बिद्यालयमानै अतिरिक्त समयमा कम्प्युटर शिक्षा लिने ब्यवस्था मिलाइएको हो ।

Leave a Reply

Your email address will not be published.