शिव पांञ्चायन मन्दिरको जिणेदार गरिने

समाज

रोङः रोङ र सूर्योदयको सिमानामा रहेको ब्यपारीक केन्द्र हर्कटेमा रहेको शिव पाञ्चायनको मन्दिर जिणेदार गरिने भएको छ ।
करिव एक दशक अघि नै निमार्ण थालिएर अहिलेसम्म पूरा गर्न नसकिएको मन्दिरको निमार्ण mर मर्मत गर्न आज एक समितिको निमार्ण गरिएको छ ।
एक दशक अघि स्थानिय बासीहरुले किर्तन मण्डली बनाएर आर्थिक संकलन गरि प्रहरी चौकी नजिकैसुनाखरी सामुदायिक बनको जमिनमा मन्दिर निमार्ण थालेपछि पशुपति नगरका ब्यवसायी लिला देबी श्रेष्टले २५ हजार सहयोग गरेपछि मनिदरको पिलर लगाइएको थियो । पछि श्रेष्ट सभासद भएपछि पनि ७० हजार सहयोग गर्नु भएको भएपनि अन्य रकम नजुटेकोले स्थगिथ रहेको काम गर्न आज हर्कटेमा एक भेलाबसी मन्दिर निमार्णको लागि खड्कग प्रसाद सुबेदीको अध्यक्षतामा असोक ठटाल उपाध्यक्ष,इन्दिरा ढकाल सचिवरेनुका ढकाल कोषाध्यक्ष सर्मिला पौडेल, बिपुला आचार्य, हेमन्ता निरौला लगायतका सदस्य रहेको मन्दिर निमार्ण समिति बनेको अध्यक्ष खड्ग सुबेदीले बताए ।
पुरानो समितिले गरेको कामको हिसाव किताव र प्रगति हेरेर आर्थिक जोहो गरि तुरुन्तै मद्यिर निमार्णको काम थालनी गरिने अध्यक्ष सुबेदीले बताए । मनोरम डाडा रहेको आसपासमा दृश्यालोकन गर्न सकिने स्थानमा मन्दिर बन्दा पर्यटन प्रर्वधनमा समेट सहयोगी बनेर हर्कटे बजारको ब्यपार बढाउन सहयोगी बन्ने स्थानिय बासीहरुको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published.