मृगौला पीडित दिपक शिवा बचाउ अभियानमा रकम जुट्दै

Mukya Samachar Special News Trending समाचार समाज स्वास्थ्य/शिक्षा

इलाम: मृगौला रोग पिडित दिपक शिवाको उपचारका लागि स्थापित ‘दिकप शिवा बचाउ अभियान’मा रकम जुट्ने क्रम जारी छ ।

त्रिवेणी युथ क्लव देउमाई नगरपालिका मंगलबारेले सञ्चालन गरेको अभियानमा देश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो । क्लवका सदस्य तथा देउमाई नगरपालिका ४ मंगलबारे वजार निवासी शिवाको दुवै मृगौला फेल भएर काठमाण्डौ स्थित किष्ट अस्पतालमा उपचारमा हुनुहुन्छ ।
उहाँको उपचारमा रकम अभाव भएपछि क्लवले रकम जुटाउन दुई महिना अघिबाट सुरु गरेको अभियानमा हालसम्म ३ लाख ८४ हजार ७ सय पाँच रुपयाँ संकलन भइसकेको छ ।

जसका लागि मंगलबारे वजारकै (हाल कोरिया रहेका) युवा ओमकार दाहालको पहलमा इलामेली समाज दक्षिण कोरियाका केदार निरौला र छुङछुङ नेपाली समाज कोरियाका लोकेन भट्टराईले क्लवको अभियानमा २ लाख १२ हजार नौ सय रकम जम्मा गर्नु भएको छ ।

त्यस्तै क्लवले देश तथा विदेशमा रहनु भएका सहयोगीबाट एक लाख ७१ हजार आठ सय पाँच रुपयाँ संकलन गरेको क्लवका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले रकम जुट्ने क्रम जारी रहेको वताउँदै यस अभियानलाई अझ प्रचार गर्न सके वढि रकम जुट्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँका अनुसार अभियानबाट संकलित रकम उपचारमा रहेका शिवाको उपचारका लागि अस्पतालकै खातामा जम्मा गरिने वताउनुभयो । उहाँले सक्दो सायोग गर्न समेत सहयोगी मनहरुलाई आग्रह गर्नु भएको छ ।

विं.स.ं २०४३ सालमा जन्मिनु भएका शिवा कुशल खेलाडी तथा मंगलबारे वजारका युवा ब्यवसायी समेत हुनुहुन्छ । शिवा विगत तिन महिना अघिबाट दुवै मृगौला फेल भएर निरन्तर उपचारमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.