डा. के.आर. खम्बुको नजरमा माईपोखरी

डा. के.आर. खम्बुको नजरमा माईपोखरी

हिजो जस्तो लाग्छ तर तीन दशक जति झन्डै पुगेछ माईपोखरीको बारे चासो राखी अध्ययन अनुसन्धान गर्न थालेको । सुरुमा ९० को दशकतिर हुनपर्छ विद्यार्थीहरूको शैक्षिक भ्रमणलाई नेतृत्व गर्दै घुमेको मानसपटलमा ताजै छ । त्यस बेला यो पोखरी बाक्लो गलैचे झ्याउँले टम्म ढाकिएको हुनाले पोखरीको माझसम्म हिँडेर जान सकिन्थ्यो । तर पछि यो पोखरीलाई इलाम जिल्लाले पर्यटकीय स्थान बनाउन त्यस्तो तैरिएर रहेको झ्याउँको तह हटाएर डुङ्गा चल्ने बनाइयो ।

यसरी हजारौं वर्ष लगाएर बनिएको माईपोखरी भित्रको मौलिक पारिस्थितिक प्रणालीनै नस्ट हुँदा यहाँ भएका कति महत्त्व पूर्ण वन्यजन्तुहरूका प्रजातिहरू लोप भएर गए भने कति लोप हुने खतरामा पुगे। यसरी पोखरीको झ्याउ सफाय अभियानको चपेटामा परेर यसको गहनाको रूपमा रहेको ठकठके अर्थात पानीगोहोरो(टाइलोटोट्रिटन भेरुकोससÞ) मात्र नभएर अन्य महत्वपूर्ण वनस्पति र जन्तुहरूका प्रजातिहरू पनि दुर्लभ हुन पुगेका थिए । तर त्यो सफाइ कार्यक्रमले यो पोखरीमा राणाकाल तिरै ल्याइ हालिएका सुनौलो माछाहरू (गोल्ड फिसेस) ले भने मौलाउने मौका पाए । पौडिने र चर्ने प्रसस्त ठाउँ पाउँदा यसको जनसङ्ख्या ह्वात्त बढेर पोखरीनै ढाक्न अवस्थामा पुगे । यसरी बढेका गोल्ड फिसहरूले पर्याप्त चारो नपाउँदा यहाँका ठकठकेका अण्डा र साना चेपागाँडाहरूलाई पनि खाइ दिन थाल्छन् । यसरी आप्रवासी प्रजातिले रैथाने प्रजातिलाईबिस्तारी बिस्थापन गर्न थाल्छ । यही प्रक्रियाले ठकठके (हिमाली स्यालामान्डर) को सङ्ख्या घट्दै लोप हुने खतरामा पुग्छ ।
हो यस्तो माईपोखरीको गिर्दो पर्यावरणीय अवस्थालाई हेरी मैले पर्यावरण संरक्षण समाज ९इसिएस०स्थापना गर्दै आर्को(नेपाल, टिइएफ, डब्लुडब्लूएफ, युएनडिएफ, एनसिडिसी साथै स्थानीय धार्मिकतथा सामुदायीक बन उपभोक्ता समूहहरूसँग सहकार्य गरी यस पोखरीको बिस्तृत अध्ययन अनुसन्धान गर्दै लोप हुनै लागेको ठकठके संरक्षण गर्ने पहिलो कार्यक्रम बनाइएको थियो । सोही कार्यक्रम अनुसार सर्वप्रथम ‘ठकठके प्रजनन तथा संरक्षण केन्द्रकोमाइपोखरीको परिसर भित्र स्थापना गरिएको थियो ।

उक्त केन्द्रमा करिब चार पुस्तासम्म सफल प्रजनन गराई माईपोखरीमा थप्ने कार्य गरियो । यसरी हाल्दै जाँदा बिस्तारै हिमाली स्यालमान्डरको र्जनसङ्ख्या बढ्दै गयो । त्यसपछि पनि टिइएफको पहलमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षणविभागसँगको सहकार्यमा विशेषज्ञहरूको टोली करिब ३ वर्षसम्म अथक प्रयास पछि यो माइपोखरी क्षेत्रलाई रामसार संरक्षण क्षेत्रमा समावेश गर्ने सरकारी निर्णय भयो (२००८) । त्यसपछि भने यसको संरक्षण र संवर्धन गर्ने अभिभारा स्थानिय समुदाय र जिल्ला विकास समितिमा गयो । तर स्थानीय समुदायलेपुनः कार्प माछाहरू ल्याई यसमा पाल्न थालियो । यी कार्प माछाहरू बढ्दै जाँदा पोखरीको जलिय बनस्पतिलाई मात्र होइन पोखरीको पिँधको भूइ उधिनेरबनाइएको छिद्रहरूबाट पानी चुहेर जाने खतरा देखियो ।

यस्तो अनेपेच्छित असरले गर्दा यसको जलचर जन्तुका प्रजातिहरू हराउँदै गए भने पोखरीको पानी पनि सुक्न थाल्यो । यस्तो पर्यावरणीय असर बारे अध्ययन गर्न त्रिवि कीर्तिपुर, इन्भाइरोमेन्टल साइन्स, केन्द्रिय विभागमा स्नाकोत्तर तह अध्ययन गर्ने तपिलप्रकाश राईले माइपोखरीको पानी अस्थिर हुने वातावरणीय कारण र पिजि क्याम्पस,विराटनगरको जुलोजीमा अध्ययन गर्ने तुलसी अधिकारीले उभयचरको जैविक विविधता तथा ठकठके (हिमाली स्यालामान्डर)को अवस्था लगायत अन्य उभयचरहरू बारे विशेष अध्ययन गरी आ(आफ्ना शोधपत्र समेत सम्बन्धित विभागमा पेस गरेका थिए(२०१४) । यी दुई अनुसन्धान कर्ताहरुको प्रतिवेदनमा पानीको सतह घट्ने र ठकठके लोप हुँदै जाने कारणहरू बताउँदै संरक्षण गर्न सकिने उपायहरूपनि उल्लेख गरिएको थियो ।
त्यसपछि भने स्थानीय जनसमुदायहरू सचेत भइ आफ्नो माइपोखरी आफै संरक्षणकोलागि पहल गर्न थालेछन् ।यसलाई स्वच्छ राख्न यहाँ पूजा गर्न आउने वा घुम्न आउने दर्शकहरूले फालेका फोहरमैलालाई व्यवस्थापन गर्न थालेछन्स पोखरीलाई क्षति पुर्याउने आयातित माछाका प्रजातिहरूलाई बिस्तारै हटाउने काम पनि गरेछन् ।

यसैगरी, यस पोखरीको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्न पोहोर सालतिर वातावरण विज्ञान, केन्द्रीय विभागका एक स्नातकोत्तर तहकी शोधार्थी बन्दना अधिकारी उक्त पोखरीमा पुगी हाल रहेका हिमाली स्यालामान्डर (ठकठके)प्रजातिको जनसङ्ख्या बारे अध्ययन गर्नु भएको थियो (२०१८) ।तिनले यहाँका ठकठके सङ्कलन गर्न जति स्थानमा नमूना सङ्कलन स्टेसन राख्नु भएको थियो ती स्याम्पलिङ स्टेसनहरू मध्य करिब ७०५ स्टेसनमा यसका नमुनाहरू पाइएका कुरा आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । यसर्थ यो तथ्याङ्क अनुसार पनि वर्तमान अवस्थामा उक्त पोखरी सामान्य मौलिक पारिस्थितिक अवस्थातिर उन्मूख हुँदै गएको बुझिन्छ ।
यस अतिरिक्त कहिलेकही स्थानीय साथी भाइ (प्रकाशचन्द्र राई, निमा शेर्पा आदि) आदिलाई पनि उक्त पोखरीको वर्तमान अवस्था बारे सोध(खोज गर्ने गर्छु । उहाँहरूबाट पनि उक्त माईपोखरी सामान्य अवस्थामा फर्कँदै गरेको जबाफ पाउँछु । एक प्रकारको सन्तोष लाग्छ । यद्यपि त्यति टाढा रहेर पनि के को चासो राखेको होला भन्लान, तर कुनै बेला माईपोखरी मात्र होइन इलाम जिल्लाको हाँसपोखरी, पाटेनागीको कालपौखरी र गङ्गटेपानी, सन्दपुरको गुराँसे, पुवामझुवाको बाघखोर, माईमझुवाको खोर्सानेटार आदि स्थानहरू मेरो लागि आँगन झैँ थियो । (डा. केआर खम्बुको फेसवुक बालबाट साभार)