पाहुना पल्काउदै इलाम

पाहुना पल्काउदै इलाम

गोबिन्द पौडेल रोङ:

पत्येक बर्ष इलाम आउने पर्यटकको संख्या बढ्दै गएको देखिएको छ ।यसरी पर्यटकको संख्या बढ्दै जानुले इलामले पाउनालाई लोभ्याउदै मन जित्न सफल भएको देखिन्छ ।
अघिल्लो बर्ष २०७४ बैशाख १ गतेबाट २०७४ चैत्र मासन्त सम्म कुल ३९ हजार ९ सय २१ जना महिला र ४४ हजार ६ सय २५ पुरुष गरि कुल ८४ हजार ४ सय ४५ आन्तरिक र १ सय १ जना बाह्य पर्यटकले इलाम भ्रमण गरेका थिए ।

२०७५ बैशाख १ गतेबाट २०७५ चैत्र मासन्त सम्म ६१ हजार २७ जना महिला र ७० हजार ३ सय २४ पुरुष गरि कुल १ लाख ३० हजार ९ सय आन्तरिक र ४ सय ७६ जना बाह्य पर्यटकले इलाम भ्रमण गरेको पर्यटन सुचना केन्द्र जोरकलसका सूचना अधिकारी गगन घिमिरेले बताए ।

हरेक बर्ष इलाम आउने पर्यटकहरुले इलामबाट लैजाने सकरात्मक सन्देश , इलाममा पाइने सुबिधाहरुमा स्तर उन्नती, पर्यटन मैत्री वाताबरण नया गन्तब्यको बिकास लगायतको कारणले हरेक बर्ष पर्यटकहरुको रोजाइ इलाम हुने गरेको हो ।

इलाममा रहेको पाथीभरा,कन्याम ,अन्तु,माइपोखरी ,गजुरमुखी पर्यटकहरुको प्रमुख गन्तब्य रहेको भएपनि कतिपय स्थानहरु अहिलेपनि ओझेलमानै रहेको कारण पर्यटकहरुको रोजाइ बन्न सकेको छैन । यसरी हरेक क्षेत्रका आफ्ना बिशेषता बोकेका जाती,धर्म भेषभूषा र स्थानहरुको बिकास र प्रचार प्रसार गर्न सके इलाम पर्यटकहरुको जिल्ला नै बन्ने पक्का रहेको पर्यटन क्षेत्रमा कमल चलाउदै आउनुभएका पत्रकार जीवन शर्माले बताए ।