विप्लव समूहका ब्युरो सदस्य तथा जिल्ला सदस्य पक्राउ

Special News Trending

इलाम:

नेत्रविक्रम चन्द बिप्लब समूहका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छ। पक्राउ पर्नेमा इलाम जिल्ला चुलाचुली गाँउपालिका प्रमुख तथा जिल्ला सदस्य ताप्लेजुङ साब्लाखु ४ बस्ने असल पन्दाक र मेची ब्युरो सदस्य,तल्लो सेक्रेटरी प्रमुख तथा इलाम बिशेष ब्युरो इन्चार्ज इलाम देउमाई नगरपालिका वडा नं. ७ सिद्धिथुम्का बस्ने जितमान राई (उपनाम मौसम) रहेका छन् ।


उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाम तथा झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका १ होटल फिक्कलबाट दुई दिन अघि पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.