इलामबाट संचालित नयाँ बुलन्दको दोश्रो वार्षिक उत्सव सम्पन्न

Special News



इलाम: बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सव सम्पन्न भएको छ ।मंगलबार इलाममा शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो–२०७६ (क्यालेण्डर) सार्वजनिक गरिएको छ ।

बुलन्द आवाज मिडिया प्रा.लि.का प्रवन्धक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा इलामका क्रियाशील पत्रकार नयाँ बुलन्द डटकमका उपसम्पादक प्रकाश नेपाललाई सम्मान गरिएको छ ।

इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाललाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे । पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान गरेको प्रवन्धक राम योङहाङले बताए । ‘नयाँ बुलन्दको व्यवस्थापन र प्रवद्र्धनका साथै नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो’ प्रवन्धक योङहाङले भने, ‘वार्षिक रुपमा एकजना क्रियाशील पत्रकारलाई सम्मान गर्नेछौं ।’

त्यस्तै वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द डटकमले प्रकाशन गरेको वार्षिक भित्तेपात्रो समेत सार्वजनिक गरियो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यत्रकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरेका थिए । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना निरन्तर आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए । वक्ताहरुले हज्जारौं अनलाइन पत्रिकाको भीडबाट छोटो समयमा नै लोकप्रियता कायम गर्न सफल भएको भन्दै प्रसंशा गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सटेन्द्र जवेगू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ, मेची पहाडि पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सदस्य ख्याम भुजेल, नेपाल पत्रकार महासंघका सहसचिव राजेश पराजुली, क्रियाशील महिला पत्रकारकी अध्यक्ष सविता पाण्डेले शुभकामना मन्तव्य राखेकी थिइन् ।दोश्रो वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द परिवारलाई एबीसी नेपाली डटकमको शुभकामना छ ।



Leave a Reply

Your email address will not be published.