बिप्लव नेतृत्वको नेकपा माओवादीको बन्दका कारण देश भरको जनजिवन प्रभावित, ठाउँ-ठाउँमा बम बिस्फोट

Special News Trending

एबीसी ब्युरो ः
बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका कारण बिहिबार देश भरको जनजिवन प्रभावित बनेको छ ।
बन्दका क्रममा मोरङको सुन्दर हरैचा लगायतका बिभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएको छ । स्थानीयले कुकर बम भएको बताएपनि प्रहरीले त्यसको पुष्टि गरेको छैन । बन्दका कारण लामो तथा छोटो दुरीका यातायत संचालनमा आउन सकेका छैनन ।
रुपन्देशी रोल्पा पाल्पा हेटौडा लगायतका स्थानमा शक्तिसाली बम बिस्फोट भएका छन । पूर्व पश्चिम र मेची राजमार्गमा बिहानै देखि यातायत संचालनमा आउन सकेको छैन । बन्दकर्ता कतै नदेखिए पनि बन्दको प्रभाव सबै क्षेत्रमा परेको छ ।
बन्दको पूर्व सन्ध्यामा हिजो साझ बिप्लब नेतृत्वको नेकपा माओवादीले देश भरका स्थानीय तहमा मसाल जुलुस निकालेको थियो ।
सरकारको बिरोधमा उक्त पार्टीले बन्द घोषणा गरेको हो । आज प्रधानमन्त्री केपाी शर्मा ओली गए ठाउँमा बिशेष बन्द रहने उक्त पार्टीले बिज्ञप्तीमा जनाएको छ । ओली प्रचण्ड सरकारका कार्यशैलीको उक्त पार्टीले कडा शब्दमा भत्र्सना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.