जोस जागर मारेर तनाव भोग्दै आयोग पास गरेका शिक्षक

Special News Trending
गोबिन्द पौडेल सूर्योदय              

अस्थाइ भइन्जेल जागिर के होला भनेर तनाव बोकेका शिक्षकहरु नया जोस जागर बोकेर स्थाइ सेवामा प्रबेस गरे पनि पेशा कै तनावमा बस्न बाध्य भएका छन् ।


लामो प्रयासपछि शिक्षक सेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएर इलामको सुयोदय नगरपालिका क्षेत्रमा रहेका बिद्यालयहरुमा आएका शिक्षकहरुलाइ हाजिर नगराउनको लागि सबै बिद्यालयहरुलाइ नगरपालिकाले निदेशन दिएपछि शिक्षकहरु तनावमा परेका हुन् ।


सूर्योदय नगरपालिकाले आफसग कुनै समन्वय नगरि जिल्ला शिक्षा समनवय इलामले जथाभाबी रुपमा शिक्षक नियुक्ति गरेको र उनिहरुको तलव भत्ता तथा बितिय ब्यवस्थापनमा नगरपालिकालाइ समस्या आउने भएको कारण यो निर्देशन गरिएको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराइले बताए । नगरमा कति शिक्षक स्थाइ भएर आएका छन् र कुन कुन बिद्यालयमा आए सो समेत नगरपालिकालाइ बोर्धाथ नआएको उनको भनाइ रहेको छ ।


यता नगरपालिका र शिक्षा इकाइबिच बिगत समयदेखी नै कार्यधिकारको बारेमा खटपटी रहेको श्रोतको भनाइ रहेको छ , नगरले नियुक्ति गरेको करिव ३२ जना शिक्षकहरुको अभिलेखीकरण इकाइले नगरेको नगरको दाबी रहेको छ भने आफ्नो अनुमती नै नलिइ शिक्षक नियुक्ति गरेको इकाइको भनाइ रहेको छ ।

यसरी कार्यधिकारको बिबादले शिक्षकहरुको मनोबल गिरेको छ भने हाजिर गराउने बिद्यालयले ति शिक्षकहरुको तलव भत्ताको ब्यवस्थापन गर्नुपर्ने भएकोले बिद्यालय समेत समस्यामा परेको एक प्रधानाध्यापकले बताए । शिक्षक सेवा आयोगले कार्यरत शिक्षकहरु स्थाइ हुदा संबन्धित बिद्यालयमानै खटाइएको भएपनि नगरले नियुक्ति गरेका केही शिक्षक बिस्थापीत भएपछि ती शिक्षक जोगाउन नगरले यो निर्णय गरेको हुनसक्ने शिक्षकहरुको भनाइ रहेको छ ।

यता बिधि र प्रकृयाबाट स्थाइ सेवामा आएका शिक्षकहरुलाइ हाजिर नगराउने निर्णय शिक्षकहरुमाथी गरिएको बिभेद हो यो कुनै हालतमा मान्य नहुने र यस्ता गलत निर्णयको बारेमा नेपाल शिक्षक महासंघ निर्णय गरेर अघि बढ्ने शिक्षक महासंघ इलामको अध्यक्ष पूर्ण प्रसाद गौतमले बताए ।

नया शैक्षिक सत्रसगै तामझामको साथ बालबालिकाहरुलाइ सामुदायिक बिद्यालयप्रति आर्कषण गराउनु पर्ने समयमा अभिभावकहरुको मन निजी बिद्यालयतर्फ केन्द्रित गराउन सामुदायिक बिद्यालय र स्थानिय सरकारबिच बहाना बाजी बनाएर बिबाद निम्ताउन खोजीएको पनि हुनसक्ने बिश्लेषण गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published.