कांग्रेस नेता खड्काद्वारा ढापपोखरी महोत्सवलाई १ लाख सहयोग

Special News Trending

इलामः नेपाली कांग्रेसका युवा नेता तथा समाजसे डम्बर खडकाले पाँचौ ढापपोखरी महोत्सवलाई एक लाख एक हजार एक सय रुपैयाँ आर्थिक सहगोग गर्नु भएको छ ।
महोत्सवकै अवसरमा आयोजक समितिका अध्यक्ष जितबहादुर सावालगायत अतिथीहरुलाई रकम नेता खड्काले उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण पछि नेता खडकाले ढाप पोखरीको बिकासका लागि आफुले सहयोग गरिरहने बताउनु भयो । उहाले त्यस क्षेत्रको विकासका लागि आफुले पहिले देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यो क्रम जारी रहने बताउनु भयो । खड्काले इलामका धार्मीक क्षेत्र , असाहय अशक्तलाई बिगत देखि नै सहयोग गर्दै आउनु भएको छ ।
उक्त कार्यक्रममा कलाकारहरु रोशन गुरुङ, इन्द्र गुरुङ डम्बर नेपाली रमेश बोखीम , दिपेन गुरुङ लगायतका कलाकारले आफनो प्रस्तुती राखेका थिए । आयोक समितीले नेता खडकालाइ उक्त कार्यक्रममै सम्मान समेत गरेको थियो । पाँचौ ढाप पोखरी महोत्सवको आज मंगलबार अन्तिम दिन हो । महोत्सवमा सोचे भन्दा राम्रो दर्शकको साथ पाएको ढाप पोखरी संरक्षण समितिका अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.