धादिङको नौबिसे केन्द्र भएर ११ मिनेटको अन्तरमा २ पटक भूकम्प

Special News Trending

काठमाडौं: धादिङको केन्द्र भएर बुधबार बिहान ११ मिनेटको अन्तरमा २ वटा भूकम्प गएको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् व्यववस्थापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्र भएर २ पटक भूकम्पको धक्का महसुस भएको हो।

पहिलो धक्का बिहान ६ः२९ मा र दोस्रो ६ः४० मा महसुस भएको केन्द्रले जनाएको छ।काठमाडौंबाट पश्चिमतर्फ नौबिसे केन्द्र भएको पहिलो पहिलो धक्का ५ दशमलब २ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

त्यसको ११ मिनेटमा नौबिसे नै केन्द्र भएर गएको दोस्रो भूकम्पको म्याग्निच्युड भने ४ दशमलब ३ रिक्टर स्केल रहेको बताइएको छ।भूकपबाट भएको क्षति भएरनभएको बारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published.