अलमलीयो फिदिम सुविधायुक्त ‘नयाँ शहर’

Mukya Samachar Special News Trending

पाँचथर: नौँ बर्ष अगाडी फिदिम सुविधायुक्त नयाँ शहरको ?पमा विकसित हुने सार्वजनिक भएपछि एककिसिमको उत्साह छाएको थियो । आधुनिक सुविधा सहितको शहर सरकारले बनाउने खुसिले जग्गाको भाउ ह्वात्तै बढायो । विभिन्न गाँउबाट सदरमुकाम आउने संख्या पनि उत्तिकै बढ्यो । बाक्लाघरह?ले फिदिममा चेहेरा बद्लीयो । अव्यस्थीत ?पमा शहरको विकास क्रमपनि रोकिएको छैन् ।
विस बर्षमा सुविधायुक्त नयाँ शहर बनाउने सरकारी योजना अघि बढेको नौँ बर्ष पुग्दा पनि शहरको ढाँचा बद्लीएन । नयाँ शहर आयोजना कार्यालय स्थापना भएर योजना अघि सारेपनि सानातिना कार्यक्रममै अल्झिएको छ । नयाँ शहर बनाउन आवश्य पूर्वाधारको विकास हुन सकेको छैन । १ लाख जनसंख्यालाई व्यवस्थीत ?पमा अटाउने नयाँ शहर बनाउनका लागि गर्नु पर्ने खास कामह?नै अघि बढ्न सकेको छैन ।
चालु आर्थिकबर्षको दुई चौमाशिक आयोजना संघ र प्रदेशमा रहने अलमलमा सकियो । चालु आर्थिक बर्षकालागि कुनै नयाँ कार्यक्रम अघि बढेको छैन । अघिल्लो आर्थिक बर्षको क्रमागत का कार्यक्रम बाहेक नयाँ कार्यक्रम कार्यान्वयन नभएको उप–आयोजना प्रमुख कमलमणि खतिवडा बताए । प्रदेश र संघ भन्दा भन्दै नयाँ कार्यक्रम कार्यान्वय हुन नसकेको उनको भनाई छ । अन्ततः नयाँ सहरलाई संघ मातहतमा राख्ने निर्णय भएको छ । फिदिममा रहेको आयोजना कार्यालय नयाँ कार्यक्रम र बजेट आउछ कि भनेर कुरेर बसेको छ । चालु आर्थिक बर्षमा पुराना ठेक्काको क्रमागत ?पमा केवल १५ करोड ?पैँयामात्र बजेट भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
पुष्पलाल ९मध्यपहाडी० लोकमार्गले छोएका दश शहरलाई नयाँ शहरको ?पमा विकास गर्ने सरकारी योजना रहेको थियो । १ लाख जनतालाई सुविधा युक्त शहरमा राख्ने योजना अघि सारेपनि कार्यान्वय फितलो छ । मास्टर प्लान बनेपनि सो अनुसार बजेट तथा कार्याक्रम कार्यान्वय हुन सकिरहेको अवस्था छैन । प्रदेश १ मा पाँचथर सदरमुकाम फिदिम र तेह्थुमको बसन्तपुरलाई नयाँ शहरको ?पमा विकास गर्ने कार्यक्रम अघि बढेको थियो । आर्थिक बर्ष २०६६÷०६७ बाट सरकारले नयाँ शहरको योजना अघि बढाएपनि काम तिव्रतर गतिमा हुन सकेको छैन ।
खानेपानी, सडक पूर्वाधार, खुल्ला क्षेत्र, एकिकृत जग्गा अस्पताल, पार्कको अभाव फिदिममा निक्कै पेचिलो भन्दै छ । जग्गा एकिकरण गरेर नयाँ शहर बसाउने योजना चुनौतीपूर्ण बन्दै छ । अवस्थीत घरह?का कारण एकतीर नयाँ संरचना निर्माणमा समस्या देखिन्छ भने अर्को तर्फ पर्याप्त जग्गाकै अभाव छ । फिदिम–२ को माथिल्लो गाँउमा जग्गा एकिकरणका लागि १ सय ४७ रोपनी जग्गामा काम अघि बढाउन खोजीएको खतिवडाले जानकारी दिए ।
बसपार्क स्तरउन्नती र वसपार्कबाट मध्यपहाडी लोकमार्ग जोड्ने सडक कालोपत्रे गर्ने बाहेकका उपलब्धीमुलक ठुला काम नयाँ शहरले गर्न सकिरहेको छैन । व्यवस्थीत नयाँ शहर बन्ने अपेक्षा विस्तार निरासामा परिणत भएको फिदिम–१ का बासिन्दा सुमन लामा बताउँछन् । वृहदमात्रमा व्यवस्थीत शहर बनाउने योजना अघि नबढेको उनको भनाई छ ।
बजार क्षेत्रभन्दा निक्कै टाढा भ्यूटावर, रङ्गशाला तथा खेलमैदान बनाउने योजना अघि सारीएको छ । मध्यपहाडी लोकमार्गले छोएका पूर्व देखि पश्चिमसम्मका दश स्थानमा सुविधा सम्पन्न नयाँ सहर बसाउने सरकारी योजना सार्वजनिक भएपछि फिदिममा महंगी दिनानुदिन बढ्दै गएपनि सहरको ठोस काम अघि बढेको छैन् । प्राप्त कार्यक्रम कार्यान्वयन भईरहेको इन्जीनियर राम सापकोटाले बताए । केहि कार्यक्रम थप हुन्छन् की भन्ने अपेक्षा राखिएको उनले बताए ।
फोहोर व्यवस्थापन, नाली बजार क्षेत्रको सडकका समस्या उत्तिकै छन् । आधुनिक, सुविधा सम्पन्न शहर बसाउँने सरकारी योजना अघि सारेको लामो वित्तिसक्दा पनि ठोस काम हुन नसकेको हो । मध्यपहाडी लोकमार्ग र मेची राजमार्गले घरेको पूर्वी पहाडको बजार फिदिममा अन्य शहरको तुलनामा बढि नयाँ शहरको सक्रियाता भएको बताइन्छ ।
नयाँ सहर बन्ने भनेपछि घर, जग्गाकको कारोवार ह्वातै वढेर गएको थिया अहिले घरजग्गा कारोबार सुस्ताएको छ । ग्रामिण क्षेत्रवाट, विदेश गएकाह?ले पनि घरेडीको ?पमा जग्गा खरिद गर्ने, घर बनाउने काममा सक्रियता देखाए । विगत पाँच बर्ष यता सदरमुकाममा सयौँको संख्यामा पक्कि घरह? बनेका छन् । यतिखेरपनि धमाधम घर बनाउने क्रम रोकिएको छैन । धेरैले नयाँ सहरको सुन्दर सपना तुनेका छन् । आफूखुसी ?पमा निर्माणका काम धमाधम भईरहँदा शहर कस्तो बन्ला भन्ने चिन्ता त छदैछ नौँ वर्ष वित्तिसक्दा पनि सहरको खास काम अघि बढ्न नसक्दा चिन्ता पनि बढ्न थालेको छ ।
नयाँ सहरमा खुल्ला पार्कह?, खेलमैदानह?, ल्याण्डफिल्ड साईड,ढल प्रसोधन केन्द्र ,स्टेडियम , आवासक्षेत्रह? र कार्यालयह? व्यवस्थित किसीमको स्थानह? तोकि एक लाख जनता सहजताका साथ वस्न मिल्ने सुविधाको सहर बनाउँने योजना भएपनि थपिदा घर, जग्गाको खण्डीकरण जस्ता कारणले चुनौती पनि बढ्दै गएको देखिन्छ । धमाधम अनियन्त्रित किसिमवाट घरह? निर्माण भईरहेको पाइन्छ । शहरी योजना सम्बन्धी आधारभूत मापदण्ड २०७१ जारी भएपनि कार्यान्वयन भएको छैन् । भुउपयोग, आवसीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, संस्थागत क्षेत्र, हरित क्षेत्र, संरक्षण क्षेत्र मापदण्डमा परेपनि कार्यान्वयन पक्ष फितलो छ । फिदिम नगरपालिकाले पनि ध्यान दिन नसकेको भन्दै आलोचना भएको पाईन्छ ।
मध्यपहाडी लोकमार्गको आसपामा रहेको ५८ बस्तिमध्ये जमिनको उपलब्धता, खानेपानी, आर्थिक विकासको सम्भाव्यता, वस्तीको अवस्थिती, विद्युत, जनसंख्या, वसाई सराईको लगायतको आधारमा दश स्थान नयाँ सहर बनाउने गरी छनौटमा परेका थिए । सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रेभन्सार, वाग्लुङको वुर्तिवाङ्ग, ?कुमको चौरजहारी, दैलेखको राकम कर्णाली, आछामको साफेवगर र वैतडीको पाटमा नयाँ सहर बसाउने सरकारी योजना रहेको छ । एक लाख जनता बसोवास गराउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार, योजनावद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा सेवाह?को विकास गर्ने गरी नयाँ सहरलाई अघि सारीएको थियो । केवल नयाँ सहरमा समान्य कार्यक्रम देखाउने काममात्र भइरहेको देखिन्छ ।
साभार: फिदिम टुडे

Leave a Reply

Your email address will not be published.