गाउँपालिका र वडाका सूचना नागरिक समक्ष पुरयाउने रोङको नयाँ तरिका

गाउँपालिका र वडाका सूचना नागरिक समक्ष पुरयाउने रोङको नयाँ तरिका

गोबिन्द पौडेल,रोङ:

गाउँघरमा सबै भन्दा छिटो नागरिक समक्ष सूचना पुरयाउने भरपर्दो माध्यम एफ.एम.रेडियो हो । पहाडी इलाकामा तराईमा जस्तो माईकिङ , पर्चा पम्पेट आदिबाट सूचना समयमा पुरयाउन कठिन छ । पहाडी क्षेत्रमा एफ.एम.को पहँच पनि सबै क्षेत्रमा छैन ।

रेडियो र अन्य संचार माध्यमको पहँच राम्ररी नपुगेको रोङ गाउँपालिका वडा नम्बर ६ मा वडा र गाउपालिकाको हरेक कुरा सजिलै थाहा दिन नयाँ तरिका अपनाइएको छ ।
संचार माध्यामको सहज पहुच नभएको र भौगोलिक बनावटले ठूलो र बिकट अनि वडाको सबैक्षेत्रमा रेडियोको पहुच सम्म पनि नभएकोले रोङ गाउँपालिका वडा न ६ ले मोटरसाईकलमा सुचना भन्दै हिड्ने गरेको हो । नागरिकले जानकारीनै भएन भनेर गुनासो गर्ने र न्युन सहभागिता रहने गरेका यस्तो गरिएको हो ।

‘फोन लाग्दैन, चिठी लेख्यो पाएनौ भन्छन्,सबैतिर रेडियो बज्दैन यसको बिकल्पमा मोटर साइकलमा स्टेन्जर बाधेर आवश्यक सूचना रेकर्ड गरि बजाउदै हिड्ने गरेका छौ’रोङ गाउँपालिका वडा नं ६ का कार्यलय साहयक फूर्वाछिरिङ लाप्चाल भने ।
हरेक चोकर गल्लीमा दुइ वा तीनपटक सम्म गाउँ र टोलनै थर्कने गरि बजाएपछि सुचना प्राप्तिमा केही सहज भएकाले गाउँपालिका र वडाको हरेक सूचना यसरीनै प्रसार गरिने गरिएको छ ।
यसरी सूचना बजाउदै टोलसम्म पुग्दा वडाले दिने सेवा पनि टोलमानै दिने गरेको , वडा कार्यलय र नागरिक बिचमा निरन्तर सम्पर्क समेत ६ नम्बर वडाअध्यक्ष सुवास तामाङ्गले बताए । फेसबुक लगायतका सामाजिक संजालबाट अहिले छिटो सूचना पुग्ने भए पनि रोङ गाउँपालिकाले यस्तो प्रविधि नअपनाएर पुरानै शैली अपनाएको देखिन्छ ।