अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि युएईमा सहयोग जुटाउदै धुर्मुस सुन्तली

Mukya Samachar Special News Trending

युएई(दुवई)
राष्ट्र निर्माण तपाईं हाम्रो अभियान नारा सहित धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन युएईमा आयोजना हुने धुर्मुस सुन्तली साँझको व्यापक तयारी भएको छ । कार्यक्रम अप्रिल २६ अर्थात बैशाख १३ गते शुक्रबार ग्रान्ड एक्सेलसिय होटल बरदुबईमा आयोजना हुने छ ।
चितवन समाज युएईको संयोजनमा नेपाली जन प्रगतिशील मन्च युएइ लगायत युएईमा क्रियाशील ३७ वटा संघसंस्थाहरु हालसम्म आयोजकको भूमिकामा रहेका छन। युएईमा कार्यरत आम नेपालीका तर्फबाट मुलुकमा राष्ट्रीय गौरवको एउटा महत्वपूर्ण काम हुन लागिरहेको अवस्थामा युएईमा क्रियाशील संस्थाहरूको हातेमालो विश्व भर रहेका नेपाली समक्ष सकारात्मक सन्देश दिने अपेक्षा कार्यक्रम संयोजक चितवन समाज, युएईले राखेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले यस अघि पनि भूकम्प पीडितहरूको लागि एकीकृत नमुना बस्ती निर्माण गरेको थियो भने उक्त अभियानमा समेत प्रवासमा रहेका लाखौ प्रवासी नेपाली श्रमिक तथा संघ संस्थाले आर्थिक सहयोग गरेका थिए ।कार्यक्रममा धुर्मुस सुन्तलिको साथमा गायिका मेलिना राई ,गायक पुस्पन प्रधान रहने छन् युएईमा कार्यरत चर्चित गायक पारश लामाको साथमा फ्युजन ड्रान्स ग्रुपको समेत प्रस्तुती रहने आयोजक संस्था मध्यका नेपाली जन प्रगतिशील मन्च युएईका अध्यक्ष बाबुराम विश्वकर्माले बताए ।

Leave a Reply

Your email address will not be published.