२०७२ सालको भूकम्पको सम्झना: सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

Mukya Samachar Special News Trending

काठमाडौं: भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् ।

विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पुनर्निर्माणको क्रममा रहेका छन् ।

चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो वर्षको अन्त्यसम्ममा र दरबार हाइस्कुल आगामी वर्ष सम्पन्न हुने गरी पुनर्निर्माण भइरहेका छन् । अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर र पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइरहेका छन् ।

विभागले देशैभरका ८ सय ९५ सानाठूला सम्पदा पुनर्निर्माणका लागि १२ अर्ब ६६ करोड रुपियाँ लाग्ने अनुमान गर्दै अर्थ मन्त्रालयमा बजेट माग गरेको छ । विभागमार्फत हालसम्म १ अर्ब ८५ करोड रुपियाँ बराबरको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ । नेपाल समाचारपत्र

Leave a Reply

Your email address will not be published.