पाँचथरमा गाउँपालिका केन्द्रले बढायो बजारीकरण

पाँचथरमा गाउँपालिका केन्द्रले बढायो बजारीकरण

पाँचथर: साविक मेमेङ गाविसहुँदा थोक्लीम्बा गाँउमा खासै चहलपहल थिएन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो ठाँउमा सडक लगायका सुविधाको तेति राम्रो थिएन । ग्रामिण क्षेत्रको रुपमा रहेको यो ठाँउमा केहि घरहरु थिए । नजिकको बजारको रुपमा मछेबुङ थियो । तर यो ग्रामिण थोक्लीम्बा गाँउको चेहेरा बद्लीएको छ अचेल ।
फालेलुङ गाँउपालिकाको केन्द्र भएपछि यहाँको चहलपहलमात्र बढेको छैन बजारीकरण पनि उत्तिकै रुपमा हुदै गएको छ । गाँउपालिकाका केन्द्रबनेपछि यहाँ चहलपलह ह्वातै बढेको छ । सेवाग्राहिको भिड लाग्छ । बैठक, भेला र सभाहरु हुन थालेपछि यहाँको चहलपहलमात्र भएको छैन, घरहरु बाक्लीएका छन् । व्यवसायिक गतिविधि उसरीनै बढेको छ । गाँउपालिकाकोकेन्द्र भएकाले यहाँ आउने सडकको स्तरउन्नतीलाई ध्यान दिएको देखिन्छ । विजुली, खानेपानीको प्रवन्धमा जोड दिएको छ ।
केन्द्रको चहपलहसँगै बजारीकरण बढेर गएको छ । घरहरु बाक्ला बन्नथालेका छन् भने होटल लगायतका सुविधाहरु थपिने क्रममा छन् । २०७४ चैतमा साविक गाविस भवनदेखि थोक्लीम्बा केन्द्र सारिएको थियो । यो अवधिमा यहाँ बजारीकरण बढेर गएको पाईन्छ । ‘हाम्रो आफ्नै भवन बनाउने काम अर्को बर्षदेखि हुन्छ । यहाँ केन्द्रभएपछि सुविधाहरु वितरणका क्रममा बढेको चहलपहलले यहाँको विकासमा बढ्दै गएको छ’ गाँउपालिका अध्यक्ष शञ्चकुमार केरुङले बताए ।
काठ, सिमेण्ट, ढुंगाको प्रयोग गरेर आर्कषक घरहरु बनाइएको छ । यहाँका घरहरु कार्यालय प्रयोजन बाहेक व्यपार, होटल व्यवसायको रुपमा उपभोग भएका छन् । घरहरु बन्ने क्रम जारी रहेको छ । निक्कै फराकिलो क्षेत्र ओगटेको गाँउपालिका भएकाले यहाँ सेवालिन आएकाहरु बासबस्नु पर्ने समेत अवस्था रहेको पाईन्छ । यो ठाँउमा विभिन्न ठाँउबाट व्यापार व्यवसाय गर्न आउने को संख्या बढ्न थालेको छ ।
थोक्लिम्बामा देखिने गरीनै विकास भएको महसुस गरीएको प्रमुख प्रशासकिय अधिकृत मौसम ढुंगेलले जानकारी दिए । ‘एकबर्षको अवधिमा यहाँ एउटामात्र किराना पशल भएकोमा अहिले प्रत्येक घरमा व्यवसाय सञ्चालन भएका छन् । गाँउपालिकाको केन्द्र सरेर आएपछि दशवटा नयाँ घर बनेका छन्’ ढुंगेलले भने ‘साविकको गाविस हुदा यो क्षेत्र पिछडीएकै रहेछ । गाँउपालिका केन्द्र भएपछि विभिन्न सरकारी सुविधा थपिएसँग बजारीकरण भएर गएको छ ।’
चहलपहलबढेसँगै यहाँ जग्गाको भाउपनि ह्वातै बढेर गएको स्थानियको भनाई छ । प्रतिआना २ लाख रुपैँया भाउँ रहेको बताइएको छ । पहाडको ग्रामिण क्षेत्रमा यो निक्कै महंगो हो । बसेको चिटिक्क परेको बस्ती भएकाले विकासका लागि सहज भएको देखिन्छ । थप व्यवस्थीत गर्ने योजना रहेको प्रमुख केरुङ बताउँछन् ।
यहाँका व्यवासयिहरुलाई भ्याईनभ्याई हुने गरेको देखिन्छ । गाँउपालिकाको केन्द्रभएपछि थोक्लीम्बो विकाससँगै व्यवसायिकरणमा समेत सहयोग पुगेको स्थानिय जयकुमार साम्बा बताउँछन् । ‘गाँउपालिकाको जग्गा माग भएकाले हामिले निशुल्क प्रदान गरेका छौँ । मैले व्याक्तिगत २ रोपनी निशुल्क, वहिनको २ रोपनी र अन्यगरी १५ रोपनी निशुल्क दिएका छौँ’ साम्बाले भने ‘अगाडी भन्दा धेरै परिवर्तन भएको छ । आर्थिक, समाजिक, भौतिक विकास हुदै गईरहेको छ ।’
त्यसोत गाँउपालिकामा बजेट कार्यान्वय, सिफारिस लगायतका सेवा, नीतिगत कार्यक्रम लगायतकाले चहलपलह हुन्छन्नै । गाँउपालिकामा चहलपलह बढेपछि होटल गर्न आएको फालेलुङ गाउपालिका–७ पारस आङ्बोले बताए । यहाँको व्यापारले आफूलाई सन्तुष्ट बनाएको उनले बताए । ‘घरपरिवारमा सबैको सल्लाहले यहाँ व्यापार गर्न आएको थिए । घरभाडामा लिएर होटल चलाएको छु । राम्रै छ’ उनले भने ।
खाद्यान्न, लत्ताकपाडाका साथै अन्य प्राविधिक र आधुनिक समाग्रिहरुको कारोवार पनि यहाँबाट हुन थालेको छ । योसँग ढल निकास, खानेपानीको व्यवस्थापनमा पनि जोड दिनु पर्ने अवस्था आएको अधिकृत ढुंगेल बताउँछन् । थोक्लिम्बामा विभिन्न क्षेत्रका व्यवसायिको आर्कषण देखिन्छ । झापाको सुरुङ्गाबाट मोटरसाईकल ग्यारेज सञ्चालन गर्न आएका हरि गौलिले काममा भ्याई नभ्याई हुने बताए । यहाँ इन्टरनेट लगायको सुविधाको समेत विस्तार भएको पाईन्छ ।फिदिम टुडेबाट