चिया मजदुरका समस्या समाधान गर्न सरकारको पहल, उद्योग चलाउन नसक्ने भए निवेदन दिन संघाईलाई श्रममन्त्री बिष्टको निर्देशन

Special News Trending

सुजन तिमल्सिना, काठमाडौँ :

चिया क्षेत्रको समस्या समाधानका लागि बिहिबार श्रम मन्त्रालयम भएको वार्ता निष्कर्षविहिन भएको छ । श्रम ऐन कार्यान्वयनका लागि २०७५ चैत्र १७ गतेदेखि मजदूरले उद्योग बन्द गरेपछि समस्या समाधानका लागि बिहिबार श्रम मन्त्री गोकर्ण बिष्टको नेतृत्वमा चिया उद्योगी, नेपाल उद्योग बाणिज्य संघका प्रतिनिधि, चिया मजदूरका नेतृत्वबिच वर्ता भएको थियो ।

वार्तामा चिया उद्योगीले फाँसि दिएपनि अहिलेको श्रम ऐनले तोकेको ज्याला दिन नसक्ने बताएका थिए । वार्तामा सहभागि मजदूर नेता दिपक पौडेलले भन्नुभयो–‘ उद्योगीले कुनैपनि हालतमा तोकिएको ज्याला नदिने, हामी तोकिएको ज्याला बिना मजदूरलाई काममा फर्काउन सक्ने अवस्था छैन ।’ वार्तामा उद्योगी श्रम ऐन कार्यान्वयन गरेर उद्योग चालाउन नसक्ने भनेपछि श्रम मन्त्री गोकर्ण बिष्टले कुन–कुन उद्योग संचालन गर्ने उद्योगीले उद्योग चलाउन नसक्ने हो आइतबारसम्म श्रम मन्त्रालयमा कारणसहित निवदेन दिन निर्देशन दिनुभएको थियो ।
वार्तामा सरकारले निर्माण गरेको उद्योग र बगान लिजमा लिएर संचालन गर्दै आएका संघाई ग्रुपका अध्यक्ष सुबास संघाईले तोकिएको ज्याला दिन नसक्नेमा अड्डि कसेका थिए । २०५९ सालदेखिनै मजदूरलाई तोकिएको ज्याला नदिएका सुबास संघाईलाई उद्योग चलाउन नसक्ने भए आइतबार नै उद्योग संचालन गर्न नसक्ने बेहोराको निवेदन दिन श्रम मन्त्री गोकर्ण बिष्टले निर्देशन दिनुभएको थियो ।
श्रम मन्त्री बिष्टको भनाइ उल्लेख गर्दै मजदूर नेता दिपक पौडेलले भन्नुभयो–‘राज्यले निर्माण गरेका उद्योग र बगान संचालन गर्न नसक्ने हो भने तपाईलाई अफ्ठ्यारोमा पारेर राज्यले काम नगर्ने भएकाले आज निवेदन दिन भ्याउनुहुन्न होला आइतबार तुरुन्त निवदेन दिनुहोस् ।’ पौडेलले थप्नुभयो–‘तपाईलाई साह्रै ग्राहो भयो, आइतबार निवेदन दिएपछि सरकारले तपाईको बोझ हामी हटाएर हल्का बनाउँछौँ । बिहिबार दिउँसो एक बजेबाट शुरु भएको वार्ता ५ घण्टा लामो बसेपनि व्यवसायीले तोकिएको ज्याला नदिने र मजदूरले कानुन अनुसारको ज्याला बिना काममा नफर्किने बताएपछि श्रम मन्त्रालयलाई कानुनी प्रक्रिया अघि बढाउन मजदूर नेताहरुले आग्रह गरेको वार्तामा सहभागि चिया मजदूर नेता सीता सापकोटाले बताउनुभयो ।

वार्तामा उद्योगीको तर्फबाट सरकारी चिया उद्योग संचालक सुबास संघाई र झापाका चिया व्यवसायी छत्र बहादूर गिरि, मजदूरको तर्फबाट दिपक पौडेल, सिता सापकोटा, सइकुमार राई, धन बहादूर बिक, श्रम सचिव महेश दाहाल र नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष उमेश श्रेष्ठको नेतृत्वको टोली वार्तामा सहभागि रहनुभएको थियो ।लोकल शन्देसबाट



Leave a Reply

Your email address will not be published.