सूर्योदय नगरपालिकामा लागु औषध बिरुद्धको अभियान शुरु

Special News Trending प्रमोसन समाचार स्वास्थ्य/शिक्षा

फिक्कल:
इलामको सूर्योदय नगरपालिकामा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सुरु भएको छ ।
वडा नं ९ ले नगरपालिकाको कार्यलयबाट बालबालिका सहितको सचेतता कार्यक्रम अभियान सुरु गरेको हो । खुल्ला सिमाका कारण लागु औषधको कारोबार बढेकाले अभियान सुरु गरिएको वडाध्यक्ष देवेन्द्र शर्माले बताए ।

किशोर किशोरी देखी प्रौढ सम्म कारोबारमा लागेकोले यो अभियान चालेको उनको भनाइ छ । लागुपदार्थ दुव्र्यसन बहिस्कार गरौं, लागूऔषधको प्रयोग क्यान्सरलाई सहयोग, सुधार केन्द्र बस्ने हैन उद्धमी बन्ने हो’ लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको हो ।

विभिन्न बालक्लब तथा स्कुलका विद्यार्थी सहभागी रयालीमा वडाध्यक्ष आफै सहभागी भएका थिए । दैनिक रुपमा लागुपदार्थको सेवन र बिक्री बढेकोले त्यसलाई न्यूनीकरण गर्न अभियान चालिएको उनले बताए ।

गृह मन्त्रालयले लागुऔषध नियन्त्रण कार्यक्रम २०६९ अन्तर्गत २०६८ बैसाख १ देखी २०६९ जेठ ३२ गते सम्म नेपालका १८ जिल्लाका २६ नगरपालिकामा गरेको सर्वेक्षणले नेपालमा ९१ हजार ५सय ३४ जना लागुऔषधको अत्याधिक अम्मली रहेको तथ्य सार्वजनिक गरेको छ । जस्मा ८५ हजार २ सय ०४ जना पुरुष र ६ हजार ३ सय ३० जना महिलाहरु रहेका छन ।

२०६३ को सर्वेक्षणमा ४६ हजार ३ सय ०९ जना लागुऔषध प्रयोगकर्ताहरु रहेकोमा ६ बर्षको अवधीमा ९ सय ८५ ले लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि भएको छ । प्रति बर्ष नेपालमा लागुऔषध प्रयोगकर्ताहरु ११ दशमलब ३६५ ले बढदै गइरहेका छन ।

Leave a Reply

Your email address will not be published.