समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत चुलाचुलीमा घुम्ती शिविर संचालन

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत चुलाचुलीमा घुम्ती शिविर  संचालन

इलाम:समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत चुलाचुली गाउँपालिका ४ स्थित वालज्योति माध्यमिक विद्यालयमा ३ दिने घुम्ती सेवा शिविर संचालन गरिएको छ ।
शनिबार चुलाचुली गाउँपालिका ४ स्थित वाल ज्योती माध्यमिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अभीयान अन्तर्गत जिल्ला प्रशासन कार्यालय ईलामको संयोजनमा ईलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षता तथा १ नम्बर प्रदेश सभासद धिरेन रमण शर्माको प्रमुख आथित्यता कार्यक्रम सम्पन्न भएको हो ।
कर्यक्रममा प्रदेश नं.१ का सभासद राम राना, जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश प्रसाद बराल, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक विदुर खड्का, अनुसन्धान अधिकृत तुलसी कटेल, वडाध्यक्ष तथा वडासदस्यहरु लगायत स्थानियको उपस्थितिमा संचालन भएको ३ दिने एकिकृत घुम्ति सेवा शिविरमा जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठबाट विपत पूर्व सम्झने कुरा, लागु औषध तथा न्युनतम आवश्यक शुरक्षा सतर्कताका विषयमा सहभगीहरुलाई प्रशिक्षण प्रदान एंव अन्तक्रिया गर्नु भएको थियो । साथै सहभागीहरुलाई वाल वालिकाहरुको लागि आधारभुत शुरक्षा बुकलेट, विपत पुर्व सम्झने कुरा, जवरजस्ती करणी, महिला हिंसा, लागु औषध सम्बन्धीको ब्रोसर, प्रर्चा, पम्प्लेटहरु समेत वितरण गरीएको थियो । सो एकिकृत घुम्ती सेवा शिविर जेष्ठ ६ गते सम्म संचालन हुनेछ । जसमा नागरिक्ता वितरण, स्वास्थ परीक्षण, फोटो सहितको मतदाता नामवली संकलन, जनचेतना मुलक प्रशिक्षण लगायत सार्वजनिक सेवा सुविधा सहज रुपमा स्थानिय नागरीक माझ प्रवाह गरीनेछ ।