बाटो मर्मत गर्ने क्रममा रुखले किचेर भेषराजको मृत्यु, कृतिका घाईते

Hot News Special News Trending समाज

फिक्कल : इलामको सूर्योदय नगरपालिका–६ तारगाँउमा रुखले किचेर शुत्ररबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १२ बर्षिय बालक भेषराज गजमेर रहेका छन । विद्यालय जादै गरेको अवस्थामा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रुख लडेर किच्दा गजमेरको मृत्यु भएको हो। उनीसंगै कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा अध्ययरत १४ बर्षिय बालिका कृतिका रसाइली घाइते भएकी छन । घाइते रसाइलीलाई उपचारका लागि झापा लगिएको इलाम प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिनु भयो । मृतककको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिव बस्नेतले जानकारी दिनु भयो । उक्त स्थानमा स्थानीयले रकम संकलन गरी स्काभेटर लगाएर बाटो मर्मत गर्दै आएका थिए । घटना पछि इलाम नगरपालिका १० का मनोज राईको स्काभेटर र मोरङ घर भएका चालक राजेन्द्र तामाङलाई प्र्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्त र स्थानीयले लापारबाहीका कारण घटना भएको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published.