गोपाल गिरी,सूर्योदय :
स्थानीय तह कै मातहतमा रहि बिभिन्न क्षेत्रका ईकाईहरु संचालन हुन थाले पछि त्यसले पनि नयाँ ढंगले आफुलाई अगाडि बढाउन थालेको छ तिनै मध्येको शिक्षा क्षेत्र पनि स्थानीय सरकारकै मातहतमा आए पछि नगरको शैक्षिक गतिविधिमा तुलनात्त्मक परिवर्तनको आभाष पाईन्छ ।
जिल्लाकै ठूलो सूर्योदय नगरपालिकामा हाल संस्थागत र सामुदायिक गरि जम्मा ९४ वटा बिद्यालय रहेक न । नगरपालिका अन्तर्गतको नगर शिक्षा शाखाले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न अहोरात्र खटिरहेको समेत बताईएको छ।
नगरले हाल शिक्षक तालिम,कम्तिमा १२ महिनामा १२शैक्षिक कार्यक्रम ,विभिन्न अवसरमा उत्कृष्ट शिक्षक तथा बिद्यार्थी लाई पुरस्कृत गर्ने ,कक्षाकोठा मै गई अनुगमन ,प्रवृधिमैत्री तालिम ,प्रयोात्मक कक्षा संचालन गरी आवश्यक सल्लाह दिने काम भैरहेको शिक्षा शाखा अधिकृत योगनिधि भट्टराईले जानकारी दिए।
त्यसै गरि हाल सम्म १६ वटा बिद्यालयमा ई हाजिरी प्रणाली शुरु गरेको र यसको प्रभाव राम्रो रहेकाले सबै सामुदायिक बिद्यालयमा बिस्तार गरिने भट्टराईले जानकारी दिए ।
यस बर्षदेखि कक्षा ६,७र८ को समाजिक अध्ययन बिषयमा स्थानीय पाठ्यक्रम अन्तर्गत २०पूर्णाङ्कको चिया सँग सम्वन्धित पाठ्य सामाग्री समावेस गर्न पाठ्यक्रम तयारीमाआफुहरु लागिरहेको समेत भट्टराईले जानकारी दिए । फिक्कल मावि नमूना बिद्यालयको रुपमा रहेको छ । नगर भरिमा जम्मा ३ सय ९७ जना शिक्षक रहेका छन् ।
शैक्षिक गुणस्तर सुर्धादै सूर्योदय नगरपालिका
