४५ एसपीको सरुवा, इलाममा हिराबहादुर पाण्डे आउने

Hot News Special News Trending समाज


इलाम: एकै पटक ४५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा १८ जिल्लाका इन्चार्ज हेरफेर भएका छन्। जसमा इलाममा प्रहरी हेडक्वाटरबाट एसपी हिराबहादुर पाण्डे आउने भएका छन् । इलामका एसपी माधव प्रसाद श्रेष्ठलाई बागमती सरुवा गरिएको छ । श्रेष्ठ रहुन्जेल इलाममा कुनै झैझगडा भएको थिएन ।

प्रहरी प्रधान कार्यालयले आज उपलब्ध गराएको सूचीअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादव, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ विनोद पोखरेल, वर्दियामा राजेश बाँस्तोला, नवलपरासी ९पश्चिम०मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइरालालाई नयाँ जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published.