अनाथ बालबालिकाका बिच कृष्ण सेन इच्छुकको १६ औ स्मृति दिवस

Special News Trending


इलाम: साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकलाई इलामका पत्रकारहरुले समेत सम्झिएका छन । इच्छुकको १७ औ स्मृती दिवसको अवसर पारेर इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथलयमा आश्रित १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै प्रेस सेन्टर इलाम र प्रेस चौतारीले सम्झिएका हुन ।
चौतारीका कार्यबाहक अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षता र प्रेस सेन्टर प्रदेश नं १ का सचिव सुजन तिमसिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनाथलयका बालबालिकाहरुलाई कापी र खेलकुदको सामाग्री हस्तान्तरण गरिएको हो । प्रमुख अतिथी तिमसिनाले नेपाली पत्रकारिता क्षेत्रका इच्छुकको योगदानको बिषयमा चर्चा गरे ।
अनाथलयका नविन ओलीले पत्रकारहरुले देखाएको सदभावको खुलेर प्रशंसा गरे । प्रेस सेन्टरले हरेक बर्ष जेठ १३ गते इच्छुकलाई सम्झदै आएकोछ । यस बर्ष पहिलो पटक प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा कार्यक्रम गरेका हुन ।

Leave a Reply

Your email address will not be published.