आरुबोटे नरसंहारमा मारिएका विद्यार्थीको नाममा मिक्लाजुङ गाउँपालिकामा शैक्षिक शोक बिदा

आरुबोटे नरसंहारमा मारिएका विद्यार्थीको नाममा मिक्लाजुङ गाउँपालिकामा शैक्षिक शोक बिदा

पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मंगलबार शोक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेसँगै शैक्षिक संस्थाहरु वन्द भएका छन् ।गत जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा मारिएका बिद्यार्थी बालबालिकाको आत्माको शान्तिको कामना गर्दै एक दिन गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए ।

गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाका सबै शैक्षिक संस्थाहरुलाई आज शोक मनाउन आह्वान गरेको छ ।हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ बर्षिया युहाना, १० बर्षिया मुना, आशिका र ८ बर्षिया इक्सा स्थानीय आरुबोटे माविका बिद्यार्थी हुन् । हाम्रा कुराबाट