गोरु काट्ने २ जना पक्राउ

गोरु काट्ने २ जना पक्राउ

इलाम: गोरु चोरेर काटेको आरोपमा इलामका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।चुलाचुली गाउँपालिका वडा नंम्बर ३ मा मनकुमारी राईको गोठमा बाँधेको गोरु चोरेर काटेको आरोपमा उक्त स्थानका कमलदास चौहान र रेमन लुङगेलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

उनीहरुले सोहि ठाउँका धनबहादुर राईको घरमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरेको हो । धन कुमार राई भने फरार रहेका छन् भने फरार राईको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुई जनालाई इलाम जिल्ला अदालतमा म्यादथप गरी अनुशन्धान भईरहेको छ