सूर्योदयमा तीन हजार बढीलाई परिचय–पत्र वितरण

Special News Trending समाज

फिक्कल : सूर्योदय नगरपालिकाका जेष्ट नागरीक र अपाङगता भएका ३ हजार बढी ब्यत्तिलाई परिचय पत्र वितरण गरिएको छ । नगरका १४ वटै वडाका जेष्ठ नागरीक र अपाङता भएका ३ हजार ३ सय ७९ जना नागरीकलाई परिचय पत्र वितरण गरिएको हो ।
नगरका १४ वडाका ७ स्थानमा पायक पर्ने गरी केन्द्र बनाएर परिचय पत्र वितरण गरिएको महिला तथा बालबाललिका शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो । शेर्पाका अनुसार पूर्ण अशत्त भएकाले पाउने रातो काड ८० जनाले अति अशत्त भएकाले पाउने निलो काड १ सय ७९ जनाले ,मध्यम अशत्त भएकाले पाउँने पहेलो काड १ सय ३७ जना र साधारण अशत्त भएकाले पाउँने सेतो काड ६५ जनाले पाएका छन । अपाङता भएकाले पाउँने काड हाल सम्म ५ सय बढीले लिएका छन् ।
नगरमा पूर्ण अशत्त भएर कार्ड लिन आउन नसक्नेहरुलाई घरमै गएर पनि वितरण गर्ने नगरको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले जानकारी दिनु भयो । छुटेकालाई नगरपालिकाले कार्यालयमै परिचय पत्र वितरण गरिरहेको छ ।
अपाङगता तथा जेष्ठ नागरीक परिचय पत्र भएकाहरुलाई राज्यले हवाई टिकट बस भाडा ,अस्पतालमा ५० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ परिचय पत्र भएका जेष्ठ नागरिकलाई यात्रा र उपचारमा सहज हुने नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिकाले जेष्ठ नागरिकलाई देश दर्शन कार्यक्रम मार्फत देशका बिभिन्न स्थानको भ्रमण समेत गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.