छुरा प्रहारबाट घाइते सुकराज नेम्बाङको मृत्यु,छुरा हान्ने राई पक्राउ

Special News Trending अपराध समाज

इलाम: छुरा प्रहारबाट घाइते भएका इलाम नगरपालिका १२ साङ्रुम्बा निवासी सुकराज नेम्बाङको आज मृत्यु भएको छ ।गत मंगलबार राती छिमेकी २५ बर्सिय बिनोद राईले सामान्य बिबादमा नेम्बाङ माथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट सक्त घाइते भएका नेम्बाङको आज बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।यता छुरा प्रहार गरी फरार रहेका राईलाई प्रहरीले आज पक्राउ गरेको छ !राइलाई सोयाकको पङ्तेलुङ भन्ने स्थानबाट पक्राउ गरिएको इलामका प्रहरी प्रमुख माधब प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका राई माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.