धरानमा डेंगुको प्रकोप नियन्त्रण बाहिर, बिरामी संख्या २ सय नाघ्यो

Special News Trending स्वास्थ्य/शिक्षा

धरानः बैशाख ३० गते देखि धरानमा देखिएको डेंगु प्रकोप नियन्त्रण बाहिर गए पछि दुई वडालाई डेंगु संकटग्रस्त वडा घोषणा गरिएको छ । धरान उपमहानगरपालिकाको वडानं। १५ र ८ नम्वरलाई स्वास्थ्यमा आपतकालिन अवस्था डेंगु संकटग्रस्त वडा घोषणा गरिएको विशेषा अभियान नै संचालन गरेको छ । धरान उपमहानगरपालिकाको वडानं। १५, ८, १३ र ९मा डेंगु संक्रमितनै भेटिए पनि अरु सवै वडामा यसको जोखिम बढेको छ ।

सुरु देखिनै डेंगु नियन्त्रणको प्रयास भईरहे पनि प्रभावकारी हुन नसकेपछि स्थानिय सरकार धरान उपमहानगरपालिकाले प्रदेश र संघिय सरकारलाई पत्रचार गरी डेंगु नियन्त्रणका लागि सहयोग समेत मागिएको कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन् । डेंगुका विरामीहरुलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गर्न माग गर्दै पत्रचार गर्ने निर्णय गर्नुका साथै प्रतिष्ठानमा हेल्प डेक्सको पनि स्थापना गरेको छ । अस्पतालमा विरामीको चाप वढे पछि अहिले प्रतिष्ठानमा समेत मानिसको भिड बढेको छ । चिकित्सक विजय कुमार खनालका अनुसार टोलटोलमा पुगेर जनचेतना फैलाउने कार्य जारी छ ।
चिकित्कसहितको टोलिले अहिले धरानका विभिन्न टोलटोलमा पुुगेर जनचेतना फैलाउने काम गरिरहेको छ भने डेंगु सार्न मदत गर्ने लामखुट्टेको लार्भा सफा गर्ने काम गरिरहेको छ । दिउँसो मात्र टोक्ने र सफा पानीमा अण्डापार्ने फरक प्रजातीको लमखुटेलाई निर्मुल पार्न धरान उपमहानगरपालिकाले औषधी समेत छर्कने काम गरेको छ ।
अहिले सम्म धरानका २ सय भन्दा बढि व्यक्ति डेंगुुको संक्रमणमा परेका छन् । यस अघि डेंगुमा विरामी देखिने गरे पनि धरानमा एकै पटक यति धेरै व्यक्तिमा संक्रमण देखिएको भने पहिलो पटक हो । धरानमा पछिल्लो समय डेंगु नियन्त्रण बाहिर गए पछि धराने जनमानसमा त्रास फैलिएको छ । म्भलनय(मजबचबल(उचबमभकजउयचतब ि९द्द०

स्थानीय सरकारले समेत माथिल्लो तहका सरकारलाई गुहार मागे पछि प्रदेश सरकारसमेत यो विषयमा गम्भिर बनेको देखिन्छ । प्रदेश संसदको सामाजिका विकास समितिले समेत डेंगुु प्रभावित क्षेत्रलाई प्रदेश सरकारले विशेष सहयोग गर्नुुपर्ने माग गरेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले सरकार गम्भिर भएको भन्दै डेंगु नियन्त्रणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिलेसम्म कुुनै पनि व्यक्तिको ज्यान गइनसकेको हुँदा चाँडो सतर्कता अनपनाउन चिकित्सकले सल्लाहा दिएका छन् । उनिहरुले सामुुहिक जनचेतनाका माध्यमबाट मात्रै चाँडो डेंगुु नियन्त्रण गर्न सकिने भन्दै सरकारसहित समाजका विभिन्न संघ संस्था जुुट्न ढिलाइ गर्न नहुने बताएका छन् । यदि डेंगु भयावह हुँदै जाने हो भने यसको राकेथाम चुनैतीपुर्ण रहेको भन्दै बेलैमा सचेत रहन चिकित्सकको राय रहेको छ । प्रदेश पोर्टलबाट

Leave a Reply

Your email address will not be published.