वविता तामाङ्ग मृत्यु प्रकरण : दोषीलाई कारवाही गर्न जनजाति महासंघको माग

Special News Trending अपराध समाज

फिक्कल : कन्काई अस्पताल बिर्तामोडमा प्रहरीले गरेको दमनको आदिवासी जनजाति महासंघ सूर्योदय नगरपरिषदले खेद प्रकट गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ । सूर्योदय नगरपालिका ९ की वविता तामाङ्गको उपचारको क्रममा मृत्यु भए पछि उपचारमा चिकित्सकले लापारवाही गरेको भन्दै आफन्तले अस्पतालमा शव राखेर प्रदर्शन गरेका बेला समन्वयका लागि पुगेका सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष पेमा उगेन लामा र आदिवासी जनजाति महासंघ सूर्योदय नगरपरिषदका अध्यक्ष सोनाम योल्मो सहित पीडितका आफन्तमाथी प्रहरीले गरेको दमनको बिरोध गर्दै संलग्नलाई कार्वाही गर्न माग गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषदका उपाध्यक्ष युवराज प्रधानद्धारा हस्ताक्षरीत विज्ञप्तीमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षकको नेत्रृत्वमा रहेको टोलिले नियोजित रुपमा आक्रमण गरेकाले छानविन गरि कार्वाही गर्न माग गरीएको छ । प्रहरीले जनप्रतिनिधिलाई अपशब्द प्रयोग गर्दै कुटपीट गरेकाले घटनाको छानविन गरि कार्वाहीको माग गरिएको छ । कन्काई अस्पतालको घट्ना मिलाउने प्रयास भैरहदा प्रहरीकै कारण बिथोलीएको विज्ञप्तीमा उल्लेख छ । प्रहरीले वडाअध्यक्ष लामा र अध्यक्ष योल्मोलाई प्रहरीले कुटपीट गरेको भिडियो समेत पीडित पक्ष संग सुरक्षित छ । वडाध्यक्ष लामाले न्यायका लागि अस्पताल पुगदा अस्पतालले आफनो कमजोरी लुकाउन प्रहरी बोलाएर दमन गरेको बताउनु भयो । यता अस्पताल स्रोतले भने घटनाको छानबिन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.