शान्तिपूर्ण देशको सूचिमा ७६ औं स्थानमा नेपाल

Hot News Special News Trending ज्ञानविज्ञान

इलाम : नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ । विश्व शान्ति सूचकांक ९ग्लोबल पिस इन्डेक्स० ९जीपीआई० २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो ।

सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस ९आईईपी० ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो ।

प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

यो सूचिको अन्तिम अर्थात् १६३ औं स्थानमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् ।

१५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो नम्बरमा परेको छ । त्यस्तै श्रीलंका ७२, बंगलादेश १०१, भारत १४१, पाकिस्तान १५३ औं स्थानमा छ ।

आईईपीले निम्न आधारमा शान्तिपूर्ण देशको सूचि सार्वजनिक गर्ने गरेको छ । सामाजिक सुरक्षा र सुरक्षाको स्तर, चलिरहेको घरेलु र अन्तर्राष्ट्रिय संघर्षको सीमा र सैन्यकरणको अवस्थालाई मुख्य आधार मान्दै आएको छ । उज्यालो अनलाईनबाट

Leave a Reply

Your email address will not be published.