तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

Special News Trending समाज

ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाउँपालिका स्थित सिनाममा वर्षा पछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बने पछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्वेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथीबाट भरेको पहिरोले सडक बगाए पछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ।

पहिरोले झण्डै २० मीटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए। सडक बगाए पछि झापाबाट आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँमा जाने सवारी साधन सिनाम सम्म मात्रै पुग्ने गरेकाछन् भने यहाँबाट बाहिरिने सवारी साधन समेत सिनामबाटै चल्ने गरेकाछन् । आम्बेगुदिनको हप्पुखोला, सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारी साधन जान नसके पछि यात्रुलाई गाडी भेट्न घण्टौ सम्म हिड्नुपर्ने बाध्यता छ ।

तेल्लोकबाट सिनाम आईपुग्न झण्डै ३ घण्टा पैदल हिड्नु पर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ । साविकका याम्फुदिन, मामांखे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ । सँधै घरबाट हिँडेकैदिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनाम सम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोली पल्ट मात्रै गाडीमा छुट्ने गरेको स्थानीयले बताएकाछन् । तीनदेखि बाटो अबरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयले बताएकाछन् ।

यता गत वर्ष समेत सोहि ठाउँमै झरेको पहिरो पन्छाउन झण्डै पाँच लाख वढि खर्च गरेको सिरिजंघा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ । दिनहुजसो ठुलो वर्षा भईरहेकाले र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए । सो क्षेत्रमा तीनदेखि निरन्तर जसो वर्षा भईरहेको छ । उनका अनुसार वर्षा कम भए पछि प्रयास गरिने छ । तर ठुलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम भएको गुरुङको भनाई छ । भौगोलिक हिसाबले यहाँको सडक दिगो समेत नभएको उहाँले बताए । वर्षेनी पहिरो झरिरहने समस्या भए पछि अन्तैबाट बाटो घुमाउनुपर्ने देखिएको गुरुङले बताए । प्रर्देश पोर्टलबाट

Leave a Reply

Your email address will not be published.