पाँचौं अन्तराष्ट्रिय योग दिवस आज : नेपालबाटै भएको थियो योगको सुरुवात ?

Special News Trending स्वास्थ्य/शिक्षा

पतञ्जलिको ८ योग सूत्र ?

काठमाडौं : योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी शुक्रबार पाँचौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । ग्रेगोरियन पात्रो अनुसार जुन महिनाको २१ तारिखमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । संयुक्त राष्ट्र संघ स्वयंले स्थापना गरेको हो भने योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

योग के हो ?
शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । योगले आत्मालाई परामात्मासित जोड्ने जनबिश्वास गरिन्छ । योगशास्त्रका प्रणेता पतञ्जलिका अनुसार योगमा जम्मा ८ आसन हुन्छ । जसलनई योग सूत्रको रुपमा उल्लेख छ ।

पतञ्जलि योग सूत्रको संक्षेप
१ यम
२ नियम
३ आसन
४ प्राणायाम
५ प्रत्याहार
६ धारणा
७ ध्यान
८ समाधि

योगको आवश्यकता
बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।

व्यायामले शरिरका अंगहरुमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढउन मद्धत गर्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, समयमा पहिचान र रोकथाम गर्न समेत सहयोग गर्छ। यस अर्थमा योग सबैका लागि उपयोगि छ । योगलाई उपयोग गरेर सबैका लागि सहयोगी बन्ने भएकाले पनि योग आवश्यक छ ।

योगको उदगम स्थल
योगको उत्पत्ति नेपाली भुमिमै भएको विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णनमा उल्लेख भएको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्रािष्ट्रय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ ।

भगवान गौतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा याबेग अभ्यास गरेका तथ्यहरु बिभिन्न पुस्तकमा पाइन्छ ।

Leave a Reply

Your email address will not be published.