नेपाल भ्रमण वर्ष–२०२० :असफल बनाउनसक्ने पाँच कारण

Special News Trending पर्यटन

उत्तम काप्री ,काठमाडौं: सरकारले देशको कुल गार्हस्थ उत्पादन ९जिडिपी० मा रहेको पर्यटनको हिस्सा बढाउँदै देशको आर्थिक वृद्धिदर बढाउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष ९भिजिट नेपाल० २०२० मनाउने तयारी गरिरहेको छ।

सरकारले नेपाल आउने पर्यटकको संख्या बढाउँदै उनीहरुले गर्ने खर्च बढाउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको घोषणा गरको छ। तर, भ्रमण वर्षको जुन रुपमा तयारी हुनुपर्ने हो त्यो भने नभएको एयरपोर्ट होटलका सञ्चालक तथा होटल संघ नेपालक वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्।

२०२० का लागि भ्रमण वर्ष मनाउने सरकारको निर्णय भएको पनि दुई वर्ष हुने लागिसकेको छ। शेरबहादुर देउवा सरकारकै पालामा सन् २०२० भ्रमण वर्ष मनाउने निर्णय भएको थियो। सोही निर्णयलाई निरन्तरता दिँदै केपी ओली सरकारले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित चालु आवमा एक सय नयाँ पर्यटकीय गन्तव्यको छनोट गरिसकेको छ। तर, भ्रमण वर्षका लागि आवश्यक पूर्वाधारको विकासमा भने सरकारले खासै चासो नगरको पर्यटन व्यवसायी बताउँछन। भ्रमण वर्ष सुरु हुन अब ६ महिना मात्रै छ। तर, त्यसको तयारी पूर्ण रुपमा हुन सकेको छैन।

भ्रमण वर्षलाई असफलताको बाटोतर्फ लैजान सक्ने पाँच कारण

भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्यको आगमन
सरकारले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकको रुपमा सुरज वैद्यलाई नियुक्ति गरेसँगै पर्यटन व्यवसायीले विरोध गरेका थिए। पर्यटन व्यवसायीले भ्रमण वर्षको संयोजकको भूमिकामा पर्यटन क्षेत्र भन्दा गाडी व्यापारमा लागेको व्यक्तिका लागि नियुक्ति गरेको बताएका थिए।

व्यवसायीले भनेजस्तै संयोजक वैद्यले पनि भ्रमण वर्षका लागि समय नै दिन सकेका छैनन्। वैद्य आफैं भ्रमण वर्षका विषयमा छलफल गर्न भन्दै तय भएका कतिपय कार्यक्रममा उपस्थित हुँदैनन्। भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन कुनै समस्या नरहेको मात्रै बताउँदै आएका छन् उनी। तर, कसरी २० लाख पर्यटक भित्र्याउने र पर्यटकको खर्च र बसाई कसरी लम्ब्याउने भने विषयमा उनले आजसम्म कनै खाका ल्याउन सकेका छैनन्।

अहिले प्रति पर्यटकको बसाई सरदर १२ दिनको छ भने खर्च प्रतिदिन ५२ डलर मात्रै छ। सरकारले पर्यटकको बसाई १४ दिन र खर्च यसै वर्ष ५४ डलर पुर्‍याउने लक्ष्य लिए पनि पूरा नहुने अवस्था देखिएको छ।

फेक रेस्क्यु
दोस्रो कारण हो, सगरमाथा आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकहरुलाई बिरामी बनाउँदै गरिने फेक रेस्क्यु। फेक रेस्क्युकै कारण नेपालको हिमाल आरोहण तथा पदयात्रा जोखिममा पर्ने भएको छ। नेपाली ट्रेकिङ कम्पनी, अस्पताल तथा हेलिकोप्टर कम्पनी र पर्यटक गाइडको मिलोमतमा फेक रेस्क्यु भइरहेको छ। झन्डै एक वर्ष अगाडि फेक रेस्क्युमा सहभागीहरुको एकिन भए पनि अहिलेसम्म उनीहरुलाई कारबाही हुनसकेको छैन भने फेक रेस्क्यु पनि रोकिएको छैन।

पर्यटनमन्त्रीको नियुक्ति
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा विभागीय मन्त्री रवीन्द्र अधिकारीको निधन भयो। मन्त्री अधिकारको निधन भएको झन्डै ४ माहिना हुँदा पनि पर्यटन मन्त्रालयले मन्त्री पाउन सकेको छैन। पर्यटन मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री ओलीलै नै सम्हालिरहेको छन्। तर, प्रधानमन्त्री ओलीले मन्त्रालको काम कुनै चासो दिएका छैन। मन्त्रालय कर्मचारीकै भरमा चलिरहेको छ।

राज्यमन्त्रीलाई पनि कुनै अधिकार दिइएको छैन। जसका कारण आउँदै गरेको भ्रमण वर्ष असफल हुने त हैन भने प्रश्न उठेको छ। मन्त्रीको अभावमा एकै दिन हुनेसक्ने निर्णय पनि महिनौं दिन बितिरहेको छ। उदाहरणका लागि प्रदेश संयोजक नियुक्तिको काम पनि २०७५ भित्रै हुनुपर्नेमा एक साता अगाडि मात्रै भएको थियो।

सगरमाथाको नकारात्मक प्रचार
नेपाललाई हिमाल प्रवेश देशको रुपमा चिनाउने सरकारको योजना विगत दुई वर्षदेखि हुँदै आएको छ। सरकारले नेपाललाई हिमालय प्रवेश विन्दुको रुपमा चिनाउन भन्दै हिमालयन ट्राभल मार्ट पनि गर्दै आएको छ। तर, विश्वको सगरमाथ आरोहणमा आउने विदेशीले भोग्ने गरेका समस्या विषयमा अहिले नकारात्मक प्रचार भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणमा क्रममा पनि बिबिसीले लिएको अन्तर्वार्तामा यही हिमाल आरोहणको विषयमा प्रश्न सोधिएको थियो। अहिले हिमाल आरोहणमा आउने पर्यटकको सहयोगका लागि खटाइने सम्पर्क अधिकृत र क्षमता भन्दा बढी पर्यटकका लागि हिमाल आरोहणको अनुमति दिएको विषय भएको नकारात्मक प्रचारले पनि भ्रमण वर्षलाई असर गर्ने सक्ने पर्यटन विभागको भनाइ छ।

हायात होटल प्रकरण
केही दिन अगाडि मात्रै कर्मचारी आन्दोलनका कारण होटल हायात बन्द भयो। कर्मचारीले होटल व्यवस्थापनले सेवासुविधा नदिएको भन्दै होटल बन्द गरे। तत्कालको अवस्थमा यो एउटा होटलको समस्या भए पनि यसले सम्रग होटलमै समस्या ल्याउनसक्छ। किनकी पोखराको फूलबारी रिसोर्ट पनि कर्मचारीकै आन्दोलनका कारण बन्द भएको थियो। जुन अहिले पनि बन्द नै छ। होटलमा आउने समस्या समाधानका लागि होटेल व्यवस्थापन र सरकारले बेलैमा सचेत हुनु आवश्यक छ।
नेपाल लाइभबाट

Leave a Reply

Your email address will not be published.