जंगली जनावरले किसानको उठीबास

Special News Trending समाज

इलाम :बँदेल, बाँदर र दुम्सीले किसानले लगाएको आलु , मकै लगायतका वाली थन्क्याउन नपाउदै बारीमै सखाप पारीदिने गरेका कारण इलाम जिल्लाका अधिकांश क्षेत्रका किसान हैरान छन् । जंगलबाट हुँल बाधीएर आउने जंगली जनावरले किसानले करेसा बारीमा लगाएको वालीनाली नष्ट पारिदिदा लामो समय देखि स्थानीय किसानले हैरानी बन्नु परेको हो ।
सूर्योदय नगरपालिका मेहेलबोटेका उद्यव पौडेलले जंगली जनावरले पाक्न लागेको वाली सखाप पार्दा किसान लामो समय देखि समस्यामा पर्दै आएको बताउनु भयो । बँदेलले एकै रातमा गाउँ भरीको बाली उदिनेर नष्ट गर्ने गरेको छ । दुम्सीले आलु रोपे देखि नै खोर्सी रहने र वाँदरले फल शुरु भैसक्दा देखि खाने गरेकाले किसान हैरान भएका हुँन् । पौडेलले भन्नु भयो ‘जंगली जनावर हो , रुघेर पनि साध्य हुन्न, एक थरीबाट मुस्कीलले जोगायो अर्कोले खाईहाल्छ ।’
इलामको माईजोगमाई गाउँपालिका , सूर्योदय नगरपालिका ,इलाम नगरपालिका , सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिकाका स्थानीय पीडित बन्दै आएका छन् । आलु रोपे देखि नै बँदेल र दुम्सीले खाई दिने गरे पछि बारबेरा लगाएर स्थानीयले खेती गर्ने गरेका छन् । बारवेरा गरेर केहि जंगली जनावरबाट वाली जोगाए पनि वाँदरले उठीबास लाउने गरेको देउमाई नगरपालिका ढप्परका किसान छिरिङ शेर्पाले बताउनु भयो । उक्त क्षेत्रमा किसानले लगाएको वाली जोगाउन सक्न छोडेपछि धेरै जमिन बाझो नै छ । माईजोगमाई १ थुम्केका तारा चौहानको दैनिकी नै जंगली जनावर रुघ्ने बनेको छ । जंगली जनावरले एकै रातमा सयौ रोपनी जमिनको वालीनाली नष्ट गरिदिएपछि चौहान खेतीको बिकल्प खोज्न थाल्नु भएको छ । घना जंगर भएका कारण भारतको सिंहलिला नेसनल पार्क भएर जंगली जनावर नेपाल प्रवेश गर्ने गरेका छन् । किसान पीडित बन्दै गए पछि स्थानीय सरकारले जंगली जनावर नियन्त्रण गर्नु पर्ने माग उठन थालेको छ । निर्वाचनका बेला जनप्रतिनिधिले आफना घोषणा पत्रमा जंगली जनावरबाट मुक्त बनाउने प्रतिबद्धता जनाए अनुसार काम गर्नु पर्ने माईजोगमाई १ का किसान भरत भट्टराईले माग गर्नु भयो । अधिकांश किसान नजिकको स्थानीय सरकारको मुख ताकेर बसेको बताउछन । जलगाएको खेती उठाउन नपाए पछि खेती योग्य जमिन छोड्नेको संख्या बढन थालेको छ । कतिपयले खेतीको सट्टा रुख रोप्दै बसाँई सर्न थालेका छन ।

सूर्योदयमा ‘मोलासेस’ घासँ
सूर्योदय नगरपालिकाले वाँदरलाई एर्लली हुँने ‘मोलासेस’ घाँस किसानलाई रोपाएको छ । १४ वटै वडाका दुई सय किसानलाई नगरपालिकाले बाली लगाएको वरीपरि ‘मोलासेस’ (वाँदरेघाँस) रोपाएको हो । सूर्योदय नगरपालिकाका पशु सेवा प्रमुख विपिन कुमार सिंहका अनुसार घासँ भएको ठाउँमा वाँदर पसे उसको जीउमा चाडै एर्लजी भएर चिलाउछ र त्यहाबाट भाग्ने गर्छ । प्रमुख सिंहले भन्नु भयो‘ वाँदरका कारण स्थानीयले खेतीवाली नै छोडने अवस्था आएपछि बिकल्प खोजेका हौ ।’ माईजोगमाई गाउँपालिकाले पनि उक्त घासँ नै प्रभावकारी रहेको भन्दै किसानलाई ‘मलासेस’ घासँ रोपाउने तयारी थालेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताउनु भयो ।
कानुनी अड्चन
जंगली जनावर मार्न नपाईने भए पछि नियन्त्रण गर्ने उपाय सरकारी निकाय संग पनि छैन् । डिभिजन वन कार्यालय इलामका प्रमुख वन अधिकृत श्री प्रसाद बरालले जंगली जनावर नियन्त्रण गर्न सरकारले कानुन परिर्वतन गर्नु पर्ने बताउनु भयो । प्रमुख बरालले नियन्त्रणको कुनै उपाय नभएकाले प्रत्येक जंगलको क्यारी क्यापासीटी अध्ययन गर्नु पर्ने बताउनु भयो । जंगललले जति जनावर थाम्न सक्छ त्यो भन्दा धेरैलाई नियन्त्रण गर्नु पर्ने उहाको भनाई छ ।
यस अघि नै एक नम्बर प्रदेश सरकारले इलाम सहित १४ वटै जिल्लामा जंगली जनावर नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरुलाई सुझाव माग गरेको थियो । डिभिजन वन कार्यालयले सुझाव पठाए पनि ठोस कार्यक्रम भने नआएको बुझीएको छ ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.