विप्लव समूहको बन्दको डरैडर, ठाउँठाउँमा बम, शैक्षिक संस्था ठप्प

Mukya Samachar Special News Trending समाज

काठमाडौं: नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबारलाई आब्हान गरेको नेपाल बन्दका कारण डरैडरमा बन्द भएको छ । विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । बन्दको असर सबैभन्दा बढी असर शैक्षिक संस्थामा परेको छ । बन्द आब्हानले सबैजसो विद्यालय तथा क्याम्पस बन्द भएका छन् ।

बन्दको असर काठमाडौं, ललितपुर, भक्तपुरलगायतका स्थानमा सवारी साधन चलाइको हिसाबले कम देखिए पनि उपत्यका बाहिर बढी देखिएको छ । बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल गत असार ५ गते प्रहरी कारबाहीमा मारिएपछि विप्लव समूहले बन्दको आब्हान हो ।

पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो । तर त्यो इन्काउन्टर नभएको भन्दै संसदीय राज्य समितिको बैठकमा सांसद र गृहमन्त्रीबीच चर्काचर्की भएको छ । प्रहरीले दिएको सूचनाले समेत त्यो इन्काउन्टर नभइ हत्या भएको समेत खुल्दै खुल्दै आएको हो ।

विभिन्न ठाउँमा बम र शंकास्पद बस्तु


विप्लव समूहको बन्द आब्हानले विभिन्न ठाउँमा बम र शंकास्पद बस्तु फेला परेको छ । ललितपुरको जवलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुईँ तलामा रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा फेला परेको शंकास्पद झोलालाई डिस्पोज गर्दा झोलामा किताब र कापी भएको पाइएको छ ।

त्यस्तै कास्कीको पोखरास्थित चाउथेमा बम भेटिएको छ । चितवनको खैरैनी पर्सा बजारमा शंकास्पद वस्तु फेला परेको छ । बाग्लुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ ।शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बैतडीमा प्रेसरकुकर बम भेटिएको छ ।विभिन्न स्थानमा भेटिएका बम र शंकास्पद बस्तुले भने जनजीवनमा त्रास छाएको छ । बन्दले कुनै असर नगरोस् भनी सुरक्षा टोली सोमबारदेखि नै सतर्क रहेको छ ।

भद्रपुर नगरपालिकाको कार्यालयमा रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको छ। नगरपालिकामा फेला परेको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम नेत्र विक्रम चन्दनेतृत्वको समूहले राखेको झापाका प्रहरी, प्रशासन प्रमुखको दाबी छ।

Leave a Reply

Your email address will not be published.