कोरियन भाषाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

Special News Trending शिक्षा

काठमाडौँ: रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो ।

परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् । कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।

https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en परीक्षाको नतिजा हेर्न यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन पालन गर्नुहोस् । परीक्षाको नतिजा थाहा उनका लागि तपाईंको जन्ममिति तथा पार्सपोर्ट नम्बर आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published.