माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार कालोपत्रे हुँदै

माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार कालोपत्रे हुँदै

सुजन तिमल्सिना, नयाँबजार:
इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजार क्षेत्रमा कालोपत्रे गर्ने काम शुरु भएको छ । चालु आर्थिक वर्षदेखि नयाँबजार क्षेत्रलाई सफा र सुन्दकर बनाउने योजनाका साथ कालोपत्रे शुरु भएको हो ।

कालोपत्रेका लागि चालु आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा निर्माण कम्पनी मार्फत कालोपत्रेको काम शुरु भएको गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले बताउनु भयो ।

गाउँपालिकाले टेण्डर मार्फत ५८ लाख रुपैयाँमा निर्माणको काम भइरहेको हो । नयाँबजार क्षेत्रमा कालोपत्रे गर्न र सहरी सुन्दरता बढाउनका लागि आगामि आर्थिक वर्षमा समेत एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताउनु भयो । नयाँ बजार क्षेत्र कालो पत्रे शुरु भए संगै स्थानीय हर्सीत भएका छन ।