पूर्व मन्त्री पाण्डेद्धारा इलाममा बृक्षारोपण अभियानको सुभारम्भ

Special News Trending पर्यटन

इलाम: इलाममा मंगलबार बृक्षारोपण अभियानको सुभारम्भ गरिएको छ । अभियानको पूर्व परराष्ट्र मन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर पाण्डेले विरुवा रोपेर सुभारम्भ गरेका हुन् । एकिकरण पछिको अनेरास्ववियु इलाम र अखिल क्रान्तिकारी जिल्ला कमिटी इलामले सम्युक्त रुपमा अभियानको उद्घाटन गरेका हुन् । अभियान अन्तर्गत जिल्ला भरी नै बृक्षा रोपण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको प्राङ्गडमा भएको बृक्षारोपण पछिको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री पाण्डेले बृक्षारोपणसँगै बिचार रोपण समेत हुनुपर्ने धारणा राखे । बृक्षारोपण गरेर स्याहार र सम्हार नगरे बृक्ष बढ्न नसक्ने भन्दै उनले बृक्षलाई हुर्काउन पनि उत्तिकै लाग्नुपर्ने वताए । उनले पाठ्यपुस्तकको ज्ञानसँगै ब्यवहारिक ज्ञानलाई पनि उत्तिकै अगाडी लैजान सक्नुपर्ने वताए । जलबायु परिवर्तन र वातावरण सन्तुलन राख्न बोटविरुवाले पुर्याएको योगदान र यसको महत्वको विषयमा आम जनतालाइ जानकारी गराउनुपर्ने उनले वताए ।
मदन भण्डारीको स्मृति दिवश र राष्ट्रिय बृक्षारोपण दिवशको अवसर पारेर सुभारम्भ गरिएको कार्यक्रमले अनेरास्वबियु केन्द्रिय कमिटीले सञ्चालन गरेको ग्रीन नेपाल क्लीन नेपाल अभियानलाई समेत सघाउ पुर्याउने अनेरास्विबयु इलामका कार्यबाहक अध्यक्ष प्रवेश पराजुलीले जानकारी दिए ।
अभियान अन्तर्गत पहिलो दिन करिव एक सय पचास वटा विरुवा रोपिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिपिन पोख्रेलले वताए । उनले अव जिल्लाभर खाली रहेका जमिनमा बृक्षारोपण गर्ने र बृक्षारोपण गराउन जनचेतना सहितको कार्यक्रम अगाडी वढाउने वताए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सभापती गणेश वराल, अनेरास्वबियुका पूर्व केन्द्रय सदस्य प्रकाश अधिकारी, नवराज शंकर, रविन्द्र सुवेदी , महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुख रामप्रसाद गुरfगाइँ लगायत प्राध्यापक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.