देउमाई नगरपालिका भित्रका मृगौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक पाँच हजार निर्वाह भत्ता दिईने

देउमाई नगरपालिका भित्रका मृगौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक पाँच हजार निर्वाह भत्ता दिईने

प्रेम अधिकारी , इलाम:
इलामको देउमाई नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका बिरामीलाई प्रति ब्यक्ति मासिक पाँच हजार रुपियाँ निर्वाह भत्ता दिने भएको छ । बिरामी भई अशक्त भएकालाई जिवन यापनमा सहज होस भने मृगौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक रुपमा उक्त रकम दिने निर्णय पाँचौ नगर सभाले गरेको हो ।
नगरकै लगानीमा नौ वटै वडाबाट बर्षेनी एक जनाका दरले नौ जनालाई इन्जिनियरिङ पढाउने ब्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहालले जानकारी दिनु भयो । नगर प्रमुख सूर्य पोखरेलले नगर क्षेत्रमा शुरु भएका भौतीक पूर्वाधारका कामलाई निरन्तर्ता दिएको जानकारी दिनु भयो ।

देउमाई नगरले गत बर्ष देखि एकल पुरुषलाई भत्ता, जन्मदा र मृत्यु संस्कारमा आर्थिक सहयोग, बसाँई सरी नगर आउनेलाई जस्ता र घर निर्माणमा सहयोग जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ । देउमाई नगरपालिकाको पाँचौ नगर सभाले ५७ करोड ४९ लाख ७० हजार रुपियाँको बजेट आर्थिक बर्ष २०७६र७७ का लागि यस अघि नै पारित गरेको छ ।