माई नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अन्तरक्रिया

Special News Trending समाज

माई: दक्षिणी इलामको माई नगरपालिकामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको आयोजनामा अन्तरक्रिया सम्पन्न गरेको छ ।भ्रष्ट्राचार नियन्त्रणमा आयोगको भुमिका बिषयक जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न भएको हो । माई नगरपालिकाका साठी सामुदायिक बन समुहका करिब दुई सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रमलाई माई नगरपालिका र सब डिभिजन बन कार्यालय माई सुखानीले समन्वय गरेको थियो ।
अन्तरकृया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौका माननीय आयुक्त डा साबित्री थापा गुरुङ्गले कुनै पनि उजुरीको गहिराईमा गएर छानबीन गरिने बताइन । भ्रष्ट्रचार हो होईन निबेदन परेकै आधारमा भन्न नसकिने बताइन । माननीय आयुक्त गुरुङ्गले कसैले जानकारी दिएकैै आधारमा कार्बाही नहुने बताउँदै त्यसको गहिराईमा पुगेर मात्र अनियमितता भएमा कारवाहीको दायरमा ल्याइने बताइन ।
कार्यक्रमा आयोगका सहसचिब काली प्रसाद पराजुली, इटहरीका उपसचिब महेश आचार्य, माईका नगरप्रमुख दिपक कुमार थेबे लगायतले मन्तब्य राखेका थिए । आयोगका उप सचिब ज्ञानेन्द्र प्रसाद ढकालले भ्रष्ट्रचार नियन्त्रणमा आयोगको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.