जबरजस्ति करणी अभियोग र लागु औषध ओसारपसारमा सम्लग्न २ जना पक्राउ

जबरजस्ति करणी अभियोग र लागु औषध ओसारपसारमा सम्लग्न २ जना पक्राउ

इलाम:
जवरजस्ति करणीको अभियोगमा बिर्तामोड नगरपालिका ६ का ३१ बर्षिय भुपेन्द्र खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक युवतीलाई जबरजस्ति करणी गरेको अभियोगमा इलाम प्रहरीले खतिवडालाई पक्राउ गरेको छ । पक्राउ परेका निज खतिवडालाई इलाम जिल्ला अदालतबाट म्याद थप थरी अनुशन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यसै सबच प्रहरी चौकी पेल्टिमारी इलामबाट खटिएको प्रहरी टोलिले इलाम झापाको सिमावर्ति एरियामा गस्ति गर्ने क्रममा चुलाचुली गाँउपालिका वडा नं. ४ का सुरज राईलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका वडा नं ५ स्थित नर्सरीमा शंकास्पद अवस्थामा देखी चेकजाँच गर्दा राईको साथबाट लागू औषध ब्राउन सुगर ११ पोका र नगद १३ हजार १ सय ७५रुपैया फेला पारेको छ । बरामद भएको लागु औषध तथा पक्राउ गरीएका राईलाई आवश्यक अनुशन्धान तथा कारवाहीको लागी ईलाका प्रहरी कार्यालय दमक झापामा पठाईएको प्रहरीले जनाएको छ ।