नेपालमा उत्पादित वस्तु निकासीमा समस्या

Special News समाज

इलाम: नेपालमा उत्पादित वस्तु निकासीमा सम्वन्धित पक्षले चासो नदेखाएको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर र इलाम उद्योग वाणिज्य संघ इलामको आयोजनामा मंगलबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो वताएका छन् ।

औषधिय गुण भएको चिराइतोको धेरै चर्चा हुने गरे पनि निकासी ठप्प भइरहँदा सरकार र माथिल्लो निकायमा बसेका सरकारी निकार्यहरु चुप लागेको उनीहरुको आरोछ छ । बिषादी परिक्षण गर्न १५ दिन तरकारी रोक्दा भारतले पत्र लेख्दा बिषादी परिक्षण नै रोक्ने सरकारले पटकौँ पटक नेपालमा उत्पादन भएको चिया, अदुवा र अन्य सामाग्री रोक्दा पनि कुनै चासो नराख्ने नगरेको ब्यवसायी तथा किसानहरुको भनाई छ ।
कार्यक्रममा बोल्दैे किवि किसान गंगा विष्ठले नेपाल सरकार र इलाम उद्योगा वाणिज्य संघसँगको पहलमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत किवि लगाएको तर उत्पादन हुँदा वजारको समस्या पर्ने भन्दै बेलैमा चासो राख्न सम्वन्धित क्षेत्रको ध्यान जान जरुर रहेको वताउनुभयो ।
त्यस्तै चिया उद्योगी रमेश पराजुलीले निकासी समस्या हट्न नसक्दा उद्योगीले समस्या भोग्नु परेको वताउनुभयो । उहाँले आफुहरुले समस्या भोग्दा किसानहरुलाई समेत मार पर्ने धारणा राख्नुभयो । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुको अध्यक्षतामा भएको कार्यक्रममा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयस खनालले निकासीमा आफुहरुले पहल गरे पनि नितिगत समस्या हट्न नसकेको वताउनुभयो । कार्यक्रमको सहजीकरण इलाम उद्योग वाणिज्य संघका हेमन्त गौतमले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.